10 years ago
February 14, 2016
काठमाडौँ, फागुन २ एपीएफ स्कुल र काब्य स्कुलले सातौं ‘लोयल्टी कप’ फुटबलमा आइतबार विजय सुरुआत गरेका छन् ।

आइतबार मण्डिखाटारस्थित आयोजक लोयल्टी स्कुलको मैदानमा भएको पहिलो खेलमा एपीएफ स्कुलले सिद्धार्थ वनस्थली स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । त्यस्तै काब्य स्कुलले जेम्स स्कुललाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
यस्तै अर्को खेलमा टिआइए स्कुलले हिमचुली स्कुललाई ट्राइबेकरमा ३–१ को जित निकाल्यो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार रिब्स स्कुलले इपिएस स्कुलसंग प्रतिस्प्रर्धा गर्दा जेभियरले काठमांडौं भ्यालीसँग खेल्नेछ । त्यस्तै अन्तिम खेलमा त्रियोगले आयोजक लोयल्टीको ए टिमसंग खेल्नेछ ।
लोयल्टी स्कुलको आयोजनमा फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकसहित १८ टोलीको सहभागिता छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]