default_image

10 years ago

February 18, 2016

सरकारले स्वर्ण विजेता फुटबल टोलीका सदस्यलाई जनही पाँच लाख दिने

125 views

0 Bookmark

काठमाडौँ, फागुन ६

१२ औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्ण  विजेता टोलीलाई सरकारले जनही पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन् ।

gold medalist team nepal

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशालामा बुधबार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेको हो ।

यसअघि सरकारले  टिम इभेन्टमा स्वर्ण जिते जनही दुइ लाख र  व्यक्तिगत स्पर्धामा स्वर्ण जिते जनही ५ लाख दिने घोषणा  गरेको थियो।

 

सागमा पुरुष फुटबल टिमसहित उसुबाट निमा घर्तीमगर र जुडोबाट फुपु ल्हामु खत्रीले  नेपाललाई स्वर्णपदक दिलाएको थियो  ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.