default_image

8 years ago

February 18, 2016

नेपाल आर्मी हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा

हेटौंडा, ५ फागुन/ घरेलु टोली रिगल हेटौंडा रिसोर्ट एफसी हेटौंडाको चुनौती सेमिफाइनलमा पन्छाउादै नेपाल आर्मी क्लब कलर्स हेटौंडा प्रथम अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले घरेलु टोलीलाई बुधबार २–० गोलअन्तरले पराजित गर्दै उपाधिका लागि विहीबार हुने लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र पोखराको सफल क्लब सहारा क्लबबीच विजेतासाग शनिबार प्रतिस्पर्धा गर्ने भएको हो । […]

124 views

0 Bookmark

हेटौंडा, ५ फागुन/ घरेलु टोली रिगल हेटौंडा रिसोर्ट एफसी हेटौंडाको चुनौती सेमिफाइनलमा पन्छाउादै नेपाल आर्मी क्लब कलर्स हेटौंडा प्रथम अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ ।

army reaches in final

आर्मीले घरेलु टोलीलाई बुधबार २–० गोलअन्तरले पराजित गर्दै उपाधिका लागि विहीबार हुने लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र पोखराको सफल क्लब सहारा क्लबबीच विजेतासाग शनिबार प्रतिस्पर्धा गर्ने भएको हो ।

आर्मीलाई फाइनल यात्रा तय गराउने क्रममा कप्तानसमेत रहेका गोलरक्षक विकास मल्लको म्यान अफ दी म्याच प्रदर्शनको विशेष साथ रहेको थियो । आर्मीका तर्फबाट २८ औं मिनेटमा टंक बस्नेत र ९७ औं मिनेटमा बालकृष्ण श्रेष्ठले गोल गरेका थिए ।आर्मीका सन्तोष तामाङले प्रहार गरेको कर्नर किकमा डीबक्सभित्र ‘अनमार्क’ अवस्थामा रहेका टंकले प्रहार गरेको पावरफुल सटले जाली चुमेसागै आर्मीले खेलमा अग्रता लिएको थियो । एक गोलले अगाडि बढेसागै आर्मी थप आक्रामकरुपमा प्रस्तुत भएपनि पहिलो हाफमा अग्रता दोब्बर बनाउन सकेन । श्रेष्ठले सन्तोषकै कर्नरमा हेडिङमार्फत् बललाई जालीको दिशा आर्मीका भरत खवास र सन्तोषले पहिलो हाफमा गरेका अधिकांश प्रहार घरेलु टोलीका गोलरक्षक अशोक बरालले बचाएका थिए । घरेलु टोलीको मुख्य डिफेन्स अफ्रिकी खेलाडी पिटर सेगुनको निगरानीमा रहेका कारण आर्मीका फरवार्डलाई खुलेर खेल्न हम्मे परेको थियो ।

आर्मीका फरवार्ड खवास ‘अनलक्की’ सावित भए । उनले ६५ औं मिनेटमा सिक्सयार्ड बक्सभित्रबाट गरेको हेडिङलाई घरेलु टोलीका गोलरक्षक बरालले उत्कृष्ट बचाउ गरेका थिए । खवासले नै ८० मिनेटमा पेनाल्टी एरियाबाट प्रहार गरेको सट्मा पनि गोलरक्षक नै बाधक भएका थिए । खवासले करिब आधा दर्जन सुनौलो मौका चुकाएका थिए । खवासले ३४ औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । ७७ औं मिनेटमा घरेलु टोलीका अफ्रिकी खेलाडी एल्बिस एपिओ हेड गर्ने क्रममा नाकमा चोट लागेर अस्पताल लैजानु पर्ने गरी घाइते भएपछि हेटौंडा थप दबाबमा परेको थियो ।

अतिरिक्त समयमा घरेलु टोलीका बीके लामाले गरेको क्रसमा कर्ण लिम्बुले गरेको हेडिङ आर्मीका गोलरक्षक मल्लले मुस्किलले बचाएर टोलीको संकट टारेका जितपछि पोष्ट म्याच कन्फरेन्समा आर्मीका प्रशिक्षक मेघराज केसीले घरेलु टोलीले भन्दा बढी मौका प्राप्त गरेपनि स्कोर गर्न नसकेको बताए । ‘हाम्रा धेरै खेलाडी घाइतेहुादा हामीलाई समस्या परेको छ । जसले गर्दा हाम्रो स्तरअनुसार खेल भइरहेको छैन,’ केसीले घरेलु टोलीमा आबद्ध भएका खेलाडीहरु देशका विभिन्न क्लबका उत्कृष्ट खेलाडी भएकाले कमजोर नआाटिएको बताए । उनले आर्मीले फाइनलमा जित्ने गरी टोली तयार पार्ने बताए । उनले हाल साग स्वर्ण विजेता टोलीमा रहेका आफ्ना खेलाडीहरुलाई फाइनलमा सहभागी गराउन प्रयास गर्ने बताए । आर्मीका तर्फबाट सागमा चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ र गोलरक्षक विकेश कुथुले भारतीय भूमिमा आफ्नो खेलकला प्रस्तुत गरेका थिए ।

घरेलु टोलीका प्रशिक्षक विजयलाल श्रेष्ठले प्राप्त मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार भएको बताए । उनले आफ्ना डिफेन्डर र फरवार्डले राम्रो खेलेपनि आर्मी बलियो टोली भएकाले नतिजा आफ्नो पक्षमा नआएको बताए ।

उनले घरेलु टोलीमा रहेका स्थानीय खेलाडीको खेलबाट आफू सन्तुष्ट रहेको बताए । हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा प्रतियोगिता जारी छ । वैशाख १२ को भूकम्पमा परी काठमाडौमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा भएको हो। शनिबारसम्म चल्ने प्रतियोगितामा आठ टिम सहभागी छन् । विजेताले नगद तीनलाख र उपविजेताले एकलाख ५० हजार रुपिया पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, गोलकर्ता, मिडफिल्डर, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगदसहित पुरस्कृत प्रतियोगिता उद्घाटनमा बेलुनमा बााधेर उडाइएको खेलपत्रकार सुमन भोम्जनको तस्बिर फेला पारी आयोजकलाई शनिबारसम्म बुझाउनेलाई नगद ५ हजार पुरस्कार घोषणा गरिएको छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.