10 years ago
February 19, 2016
दक्षिण एसियाली खेलकुदमा जम्मा तिन स्वर्ण जितेकोमा पुरुष फुटबल टोलीको स्वागत भव्य रह्यो| पुरुष फुटबलको तुलनामा अर्को स्वर्ण विजेता निमा घर्ति मगरको आगमनमा कसैले वास्ता दिएन भने अर्की स्वर्ण विजेता फूपु आज नेपाल आउने कार्यक्रम छ|
फुटबलमा स्वर्ण जितेलगत्तै अखिल नेपाल फुटबल संघले विजयी खेलाडीहरुलाई नगर परिक्रमा गराउने कार्यक्रम तय गर्यो र त्यसको तयारीमा जुट्यो| सम्पूर्ण मिडियालाई परिक्रमाको अघिल्लो दिन नै रुट र समयको जानकारी गराइयो| खेलाडीहरुको नगर परिक्रमाका लागि भनेर नेपाल आर्मीले पांच ओटा खुल्ला छत भएका ट्रक सहयोग गरे भने सशस्त्र प्रहरी बलले ब्याण्ड बाजा टोलि पठायो| संघले पुरुष खेलाडीको मात्र नभई महिला खेलाडीको स्वागतमा पनि राम्रो ध्यान दियो| तर, मिडिया र जनताको चासो पुरुषले जितेको स्वर्णमा मात्र सिमित रहेकाले उक्त कार्यक्रम ओझेलमा पर्यो| एकैदिन दुवै टोलीको आगमन भएकाले पनि यस्तो वातावरण सिर्जना हुन पुगेको हुनसक्छ|
मिडियाको राम्रो कभरेज र संघको राम्रो तयारीले परिक्रमा कार्यक्रम भव्य भयो| राष्ट्रिय झन्डा सहित समर्थकहरु विमानस्थल देखि रंगशाला सम्म पुगे र त्यहाँ भएको बधाई तथा सम्मान कार्यक्रममा रमे| गायक प्रमोद खरेलको गायनमा नाच्ने देखि कप्तान र प्रशिक्षकको बोलीमा कराउदै साथ दिए समर्थकले|
तर उता उसु संघको भने कुनै पनि त्यस्तो कार्यक्रम थाहा भएन| न त टोलि आएको थाहा भयो, न त कुनै बधाई नै| अझ बिडम्बना, काकड़भित्ता आएलगत्तै पदक विजेता खेलाडीलाई छाडेर संघका पदाधिकारी र व्यवस्थापन टोलीका सदस्य सबै काठमाडौँ लागे| खेलाडीहरुले खाने र बस्ने सुबिधा नपाएको भन्दै पत्रकारहरुलाई पत्र समेत लेख्नु पर्यो|
खेलकुद परिषदले कुनै कदम नचालेको अवस्थामा संघलेनै आफ्नो खेलाडीलाई स्वागत गर्ने चलन रहीआएको र उक्त कार्यमा कुनै संघ तयार त कुनै अनभिज्ञ रहेकाले यस्तो अवस्था सृजना भएको आंकलन गर्न सकिन्छ|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]