default_image

10 years ago

February 21, 2016

छायाँमा परेका राष्ट्रिय टोलीका मेरुदण्ड विक्रम लामा

246 views

0 Bookmark

– सुबास हुमागाईं

राष्ट्रिय टोलीले साफमा गरेको प्रदर्शनदेखि सागसम्मको प्रदर्शनसम्म आउँदा विभिन्न खेलाडीका नाम अगाडी आए तर एक खेलाडीको नाम लगातार राम्रो प्रदर्शनका बावजुद कहिल्यै माथि आएन|

बिक्रम लामा

बिक्रम लामा

शरिरमा मेरुदण्डको काम अन्य अंग भन्दा कमै देखिएला तर हरदम मेरुदण्डले आफ्नो काम गरि नै रहेको हुन्छ| यदि मेरुदण्ड नहुने हो भने मान्छे को स्थिति कस्तो हुन्छ त्यसको विश्लेणण गरिरहनु नपर्ला| फुटबलमा पनि डिफेन्सिभ मिडफिल्डलाई मेरुदण्डको रुपमा लिइदैं आएको पाइन्छ|

रक्षात्मक मिडफिल्डमा खेल्ने विक्रम लामाको भुमिका क्लब र राष्ट्रिय टोलीमा सधैं उस्तै रहन्छ| बल नहुँदा डिफेन्डरलाई सहयोग र बल हुँदा मिडफिल्डलाई स्थिरता र फरवार्डलाई सहयोग गर्नुपर्ने पोजिसन विश्व फुटबलमै अवमुल्यन हुँदै आएको पाइन्छ| स्पेनको २०१० विश्वकप दौरानमा सर्जियो बुस्केट्सको भुमिका होस् या २०१४मा टोनी क्रुस, जाभिएर मास्सेरानो, लगाएतका खेलाडी होस्, खेलको रुप बदल्ने क्षमता भएको यस पोजिसनका खेलाडीहरु प्राय छायाँमै रहन्छन्|

भारतको त्रिवेन्द्रममा भएको साफ च्याम्पिएमा नेपालको प्रदर्शन राम्रो हुन सकेन| पहिलो खेलमा नेपालले श्रीलंका संग राम्रो खेल प्रदर्शनका बावजुद पनि मौकाको फाइदा उठाउन नसक्दा अन्तिम समयमा गोल खाँदै हार व्यहोर्नुपर्यो| तर सो खेलमा विक्रमलाई दोश्रो हाफक केहि मिनेटमा नै परिवर्तन गरियो र पछि अनिल गुरुङ्गको ठाउँमा पसेका नवयुगले कमै सहयोग पाए| भारतविरुद्धको खेलमा त झन् विक्रम बेन्चमै सिमित भए| नेपालले भारतलाई २०१३ को साफमा हराउँदा पनि बेन्चबाट आएर असिस्ट गरेका विक्रमलाई नखेलाउनु घातक सावित भयो र नेपाल ४-१ले पराजित हुन पुग्यो| सो खेलमा नेपालको मिडिफिल्ड शुन्य प्राय नै रह्यो र अग्रता लिनका बावजुद पनि नेपालले काउन्टर अट्याकमा घुँडा टेक्यो|

Bikram Lama

साफपछि नेपाली टोली बंगलादेशतिर लाग्यो| बंगबन्धु कपमा नेपालको सेमिफाइनल खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरे, ४-०को सहज जित हात पार्दा नेपालले उत्कृष्ट खेल पस्कियो| सो क्रममा नवयुगको दुई गोलमा विक्रमकै असिस्ट थियो र खेलभर उनको प्रदर्शनमा कुनै कमजोरी देखिएन| प्रतियोगिता अवधिभर विक्रमको प्रदर्शन उत्कृष्ट रह्यो तर कतैबाट पनि उनको नाम सुनिएन|

हुन त विक्रम आफैंले पनि गोल गर्ने मौका नपाएका हैनन्, तर डिप मिडफिल्डबाट माथि सम्म आएर गोलको मौका कमै पाइने र उक्त मौकाको फाइदा उठाउन भने उनले सकेका छैनन्|साग खेलकुदको सेमिफाइनलमा नेपाल १० खेलाडी सहित ३-२ले पछाडि रहेको अवस्था थियो| यस्तो अवस्थामा नेपाललाई गोल गर्नु बाहेकको विकल्प थिएन| सोहि समयमा प्रशिक्षकले कप्तान विराजको ठाउँमा रञ्जन विष्टलाई भित्र्याए र कप्तानको जिम्मेवारी विक्रमले वहन गर्नुपर्ने भयो|  सो अवस्थामा विक्रमले केहि निर्णयहरु लिए जसको कारण टोलीले अन्तिम समयमा दुई गोल गर्दै इतिहास रच्न सफल रह्यो| अन्तिम गोलमा त विक्रमले आफैंले उपयोग गर्न सक्ने मौका पनि नवयुगलाई दिए र नेपाललाई नवयुगको ह्याट्रिक सहितको फाइनलसम्म पुर्याए|

यी त केहि महत्वपुर्ण क्षणहरु भए, अन्य कैएन यस्ता क्षणहरु आए र गए तर विक्रम कहिल्यै पनि डगमगाएनन् र खेलमा डटेर लागिरहे| मैदानभित्र त एक कुशल खेलाडी छन् नै, मैदानबाहिर पनि विक्रमले छुट्टै पहिचान बनाएका छन्| सबैसंग मिलनसार लामा विशेषगरी युवा खेलाडीहरुसंगै भेटिन्छन्| भविष्यका कर्णधारहरुको मनोबल उच्च बनाउन देखि उनिहरुलाई प्रोत्साहन गर्न उनले कुनै कसर छाडेका छैनन्| राष्ट्रिय टोलीका प्रशिक्षक हुन् या क्लबका पदाधिकारी सबैको आखाँमा विक्रम एक जेन्टलम्यान रहेका छन्|

त्यसो त थ्रि स्टारको राष्ट्रिय लिगको सफलतामा पनि विक्रमको भुमिका महत्वपुर्ण रह्यो, तर सधैंजसो उनको भुमिकामा कमैको आँखा पुग्यो|  विक्रम मात्र नभएर अन्य यस्ता धेरै खेलाडी छन् जो टोलीमा नहुँदा खेलमा प्रत्यक्ष असर पर्छ तर खेलपश्चात त्यति पहिचान भने पाइरहेका हुन्नन|
खेलाडीहरुले राष्ट्र र क्लबको सफलताका सागि आफ्नो ज्यान बाजी राखेर खेल खेल्छन्, हामी समर्थकहरुले पनि त्यसै अनुुरुप खेलाडीहरुको मिहिनेतलाई कदर गर्न सक्नुपर्छ| अन्यथा संघर्षपुर्ण खेलाडीको जिवनमा मिहिनेतको पनि कदर नहुने हो भने आउने पिढीका खेलाडिहरु निरुत्सहित हुन सक्छन्|

लेखक सुबास हुमागाईं अखिल नेपाल फुटबल संघमा वेबसाइट एडमिनका रुपमा कार्यरत छन्| उनलाई फेसबुकट्वीटर मा फलो गर्न सक्नुहुन्छ|

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.