default_image

6 years ago

September 4, 2018

साफ सुजुकी कप – नेपालको फेरि निराशाजनक सुरुवात, पाकिस्तानसँग पराजित

26 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको छ । बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।

त्यसअघि नेपाललाई खेलमा फर्काउने क्रममा विमल घर्तीमगरले ८२ औंमा मिनेटमा खेलमा बराबरी गरेका थिए । सन् २०१३ को काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पनि पाकिस्तानविरुद्ध इन्जुरी समयमा विमलले बराबरी गोल गर्दै टोलीलाई हार जोगाएका थिए । त्यति बेला नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यसता नेपाल र पाकिस्तानबीच यो पहिलो खेल हो ।

पाकिस्तानविरुद्ध मंगलबार सुनिल बलको कर्नरमा आएको बल परिवर्तित नीराजन खड्काले हेडमार्फत मिलाएपछि विमलले नजिकबाट गोल गरेका थिए । ६७ औं मिनेटमा नवयुगको ठाँउमा नीराजन मैदान प्रवेश गरेपछि नेपालले दबाब बढाएको थियो । त्यसअघि ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । नेपाली टोली कप्तान विराज विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेलो कार्डको दर्शन गरेका थिए ।

खेलमा पछि पर्नुअघि नेपालले केहि अवसर पाएर पनि फितलो प्रहार गरेको थियो । १३ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै टाढाबाट बाहिरयो । २५ औं मिनेटमा विराजको क्रस सोझै किपरको हातमा परेको थियो । ३० औं मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरिएको थियो । खेलमा पछि परेर पनि नेपालले एउटा राम्रो अवसर पाएको थियो । तर, सफल हुन सकेन । कर्नरमा आएको बलमा डेब्यू गरिरहेका सुमन अर्यालले हेड प्रहार गरे पनि पाकिस्तानका गोलकिपर युसफ इजाज बटले रोकेका थिए ।

दोस्रो हाफमा पनि नेपालले केहि अवसर पायो, तर उपयोग गनए सकेन । ४९ औं मिनेटमा अनन्त तामाङको प्रहार गोल हुन सकेन । उल्टो पाकिस्तानले अन्तर दोब्बर पार्ने अवसर प्राप्त गरेको थियो । दुई रक्षकलाई विट गर्दै गोलकिपर किरण चेम्जोङसँग वान भर्सेस वानमा सादुल्लाहको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

सन् १९९३ सार्क गोल्ड कप र साफ च्याम्पियनसिपमा गरि नेपाल र पाकिस्तानबीच ७ पटकको भेट भएको छ । जसमा नेपाल र पाकिस्तानले समान २ जित हासिल गरेका छन् भने ३ खेलाम बराबरी गरेका छन् । समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली – किरण चेम्जोङ, विराज महर्जन (कप्तान), सुमन आर्याल, अनन्त तामाङ, आदित्य चौधरी,विमल घर्ती मगिर, रोहित चन्द सुजल श्रेष्ठ, अन्जन विष्ट, भरत खवास (सुनिल बल ७३ मिनेट), नवयुग श्रेष्ठ (नीराजन खड्का,६७ मिनेट)

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.