default_image

6 years ago

September 5, 2018

डिफेन्डिङ च्याम्पियन भारतको विजयी शुरुवात

28 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – साविकको विजेता भारतले साफ सुजुकी कपमा विजयी शुरुवात गरेको छ ।  ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको समूह ‘बी’ को खेलमा भारतले श्रीलंकालाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

भारतको जितमा आशिक कुरुनियान र लालियन्जुला चाङ्टेले गोल गरे । साविकको विजेता भारतले खेलको ३५औं मिनेटमा अग्रता बनाएको थियो । बायाँ कर्नरबाट आएको बललाई आशिक कुरुनियानको सहजै गोल गर्दा भारतले १–० को अग्रता बनाएको थियो । दोस्रो हाफको शुरुमै भारतका लालियन्जुलाले गोल गरेपछि भारत खेलमा २–० ले अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा भारत विजयी हुन सफल भयो ।

जितसँगै भारतले समूह ‘बी’ मा ३ अंक जोडेको छ । जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यो समूहमा भारतसँगै श्रीलंका र माल्दिभ्स रहेको छ ।

शनिबार श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । श्रीलंकाले यो खेलमा पनि हार बेहोरे प्रतियोगिताबाट बाहिरिने छ ।

भारत प्रतियोगिताको सर्वाधिक सफल टोली हो । उसले ११ मध्ये ७ प्रतियोगिताको उपाधि जितेको छ । सन् २०१५ मा भएको साफमा भारतले अतिरिक्त समयमा अफगानिस्तानलाई २–१ ले  पराजित गर्दै च्याम्पियन बनेको थियो ।

May 21, 2024

टोनी क्रुसद्वारा सन्न्यासको घोषणा

एजेन्सी – रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् । आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल […]

May 21, 2024

सामाजिक र खालीबारीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन् । बराबरी सँगै ९ खेलमा १२ अंक सहित सामाजिक सातौं स्थानमा रहेको छ भने खालीबारी […]

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

Success

Thank you for your time.