default_image

6 years ago

October 6, 2018

मेस्सीको उत्कृष्ट दश ह्याट्रिक

77 views

0 Bookmark

एजेन्सी – बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीलाई विश्व रेकर्डको किताब भन्दा फरक नपर्ला । मेसीले विश्व क्लबस्तरिय प्रतियोगितामा शीर्ष क्लबहरु भन्दा बदि मुख्य उपाधि उचालिसकेका छन् । उनले विश्व फुटबलमा धेरै रेकर्डहरु बनाएका छन् ।

विश्व फुटबल इतिहासमा गोल मेसिनको रुपमा परिचय बनाएका मेसीले सायद त्यस्ता कमै मात्र खेल होलान जहाँ उनले गोल नगरेका होलान् । आफ्नो व्यवसायिक फुटबलको पुरै समय स्पेनिस लिग ला लिगामा बार्सिलोनासँग बिताएका मेस्सी लिगका सर्वाधिक गोलकर्ता समेत हुन् । ह्याट्रिकको सुचिमा पनि मेसी अगाडी छन् । उनले क्लबका लागि मात्र हैन, आफ्नो देश अर्जेन्टिनाका लागि समेत ह्याट्रिक गरिसकेका छन् ।

मेसीले हालसम्म सबै खाले गरि ४० भन्दा बढी ह्याट्रिक गरेका छन् । यस रिपोर्टमा मेस्सीले गरेका १० ह्याट्रिकबारे हामी चर्चा गर्नेछौ । मेस्सीका उत्कृष्ट १० ह्याट्रिक :

डेपोर्टिभोविरुद्ध– २०१८

 

अप्रिल २०१८ को मेस्सीको ह्याट्रिकले बार्सिलोनालाई २५ औं ला लिगा उपाधि सुरक्षित गर्न मद्दत गरेको थियो । लुइस सुआरेजको बक्समा एक चिप प्रहार पछि पहिलो पटक विल्ड–अपमा बक्स भित्र केहि अनौठो ड्रिपिङ गर्दै गोल गरेका थिए । मेस्सीले उक्त खेलमा ३८औं, ८२औं र ८५औं मिनेटमा गोल गरेका थिए । जुन खेल बार्सिलोनाले ४–२ ले जित हात पारेको थियो ।

अजाक्सविरुद्ध–२०१३

क्रिस्टियानो रानाल्डोले प्रतियोगिताको दिन पहिले तीन गोल गरे । मेस्सीले सायद महसुस गरेका थिए की उनले आफ्नो प्रतिद्वन्द्वीसँग बराबरी गर्नुछ । मेस्सीले यस खेलमा एक फ्रि–किकसँगै आफ्नो गोलको खाता खोले । उनले अजाक्स रक्षको गल्तिको फाइदा उठाउदै बक्सको किनाराबाट उत्कृष्ट प्रहार गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । जहाँ मेस्सीले आफ्नो ड्रिब्लिङ स्किल समेत देखाएका थिए ।

पानामाविरुद्ध–२०१६

मेस्सी जतिसम्भब हुन्छ पनामासँग आफ्नो सम्बन्ध टाढा राख्न चाहन्छन् । तर, यो ह्याट्रिक उनले गरेको सबै भन्दा उत्कृष्ट मध्येको एक हो । किनकी उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । पछिल्लो चोटबाट फर्के पछि मेस्सीले कोपा अमेरिकामा सेन्टेनारियोमा भएको नकआउटमा अर्जेन्टिनालाई सुरक्षित गर्न मेस्सीले तीन गोल गरे । उनले एक गोल बक्स भित्रबाट गरेका थिए भने दोस्रो गोल फ्रि–किक तथा तेस्रो गोल कर्नरबाट गरेका थिए ।

म्यानचेस्टर सिटीविरुद्ध–२०१६

जब पेपे गार्डिओलालाई यस खेल भन्दा पहिला सोधिएको थियो की उनी मेस्सीलाई यस खेलका लागि रोक्ने योजना बनाई रहेका थिए । सोहि अवस्थामा सबै हाँसेका थिए । सायद अर्नेन्टिनालाई चार बर्ष प्रतिबन्ध गरे पछि उनी जान्दथे की यस प्रकारका प्रतिभा भएको खेलाडी सबै योजना र तयारी व्यर्थ हुनेछ । मेस्सीको एकमात्र प्रयासका साथ आफ्नो यो पहिलो मिल्यो । विल्ली क्याबालेरोलाई आफ्नो दोस्रोको रुपमा कहि हेरेनन् । किनकी मेस्सीले ट्या–इन बनाएका थिए । जबकि नजिकबाट फेरी गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

बार्यन म्युनिखविरुद्ध–२०१२

२०१२ मा बार्सिलोनासँगै मेस्सी पनि चम्के । यस खेलमा जर्मनिका एक एक खेलाडी अपरिपक्व साबित भए । बार्सिलोनाले खेल ७–१ ले जित्दा मेस्सीले पाँच गोल गरे । जो च्याम्पियन्स लिगमा पाँच गोल गर्ने पहिलो खेलाडी समेत बने । यस खेलमा कैयौ गोल डिफेन्डरको गल्तिका कारण मेस्सीले गोल गर्न सक्ष्यम भएका थिए । जहाँ मेस्सीले धेरै चाप्लुसी खेल प्रस्तुत गरेका थिए ।

रियल मड्रिडविरुद्ध–२०१४

मेस्सीले प्राय एल क्लासिको भिडन्तमा गोल गरिरहेका हुन्छन् । मेस्सीले सन् २०१४ को एल क्लासिको भिडन्तमा पनि ह्याट्रिक गरे । जुन खेलमा बार्सिलोनाले खेल ४–३ ले जितेको थियो । उक्त ह्याट्रिक पनि मेस्सीको चर्चित ह्याट्रिक मध्येमा पर्छ ।

पिएसभीविरुद्ध–२०१८

यसै सिजनको च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पिएसभीसँग खेलेको थियो । पहिलो खेलमै मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो । र, मेस्सीले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको किर्तिमान बनाए । मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारे । उनले पहिलो गोलको रुपमा गरेको फ्रिकिक गोल निकै उत्कृष्ट थियो । मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले यो सिजनको उपाधि जित्ने लक्ष्य बनाएको छ ।

इक्वेडरविरुद्ध–२०१७

सन् २०१८ को विश्वकप छनोटमा अर्जेन्टिना कठिन स्थितिमा पुगेको थियो । अन्तिम खेलमा अर्जेन्टिनाले इक्वेडरसाग खेल्दै थियो । तर, अन्तिम खेलमा मेस्सीले कमाल गरे । इक्वेडरविरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन सफल भए । जुन ह्याट्रिकले निकै चर्चा कमायो । मेस्सीलाई महान खेलाडीको दर्जा समेत दिइयो ।

रियल मड्रिडविरुद्ध–२००७

स्पेनिस ला लिगा अन्तर्गत सन् २००७ को सिजन मेस्सीले एल क्लासिको भिडन्तमा ह्याट्रिक गरे । मेस्सीले १९ बर्षको उमेरमा नै रियलविरुद्ध ह्याट्रिक गरेका थिए । मेस्सीले त्यसबेला भर्खरै बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाउदै थिए । मेस्सीले पहिलो हाफको १० औं मिनेटमा पहिलो गोल गर्दा २७ औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक गरेका थिए ।

आर्सनलविरुद्ध–२०१०

मेस्सीले गोल गर्छन भन्ने सबैलाई थाहै हुन्छ । सन् २०१० को च्याम्पियन्स लिग अन्तर्गत आर्सनलविरुद्ध पनि मेस्सीले गोल गर्न अड्कल काटिएको थियो । तर, मेस्सीले आर्सनलविरुद्ध सुपर ह्याट्रिक नै गरे । जुन ह्याट्रिक मेस्सीले गरेका ह्याट्रिक मध्ये शीर्ष पाँचमा अटाउने गर्छ । मेस्सीले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको २०, ३६ र ४१ औं मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरेका थिए ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.