default_image

8 years ago

March 15, 2016

अन्जन र अनन्तको क्लब मार्बेला आज ज्वल विरुद्ध खेल्दै

स्पेनी क्लब मार्बेला युनाइटेड एफ सीको यु १९ टोलीले मैत्रीपुर्ण खेलमा पि.इ.सी ज्वलको सामना गर्दैछ ।नेपाली खेलाडीहरु अनन्त तामाङ्ग र अन्जन विष्ट केहि दिन अघि मात्र त्यहाँ पुगेका भएपनि आज उनिहरु खेल्न सक्ने सम्भावना रहेको छ।  राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग फाल्गुन २९ गते  मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका […]

32 views

0 Bookmark

स्पेनी क्लब मार्बेला युनाइटेड एफ सीको यु १९ टोलीले मैत्रीपुर्ण खेलमा पि.इ.सी ज्वलको सामना गर्दैछ ।नेपाली खेलाडीहरु अनन्त तामाङ्ग र अन्जन विष्ट केहि दिन अघि मात्र त्यहाँ पुगेका भएपनि आज उनिहरु खेल्न सक्ने सम्भावना रहेको छ। 

Anjan-and-Ananta-Sikkim-reject copy

राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग फाल्गुन २९ गते  मार्बेल्ला युनाईटेड क्लबबाट मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका थिए ।

आजको खेल नेदरल्यान्डको पहिलो डिभिजनको क्लब पि.इ.सी ज्वलको यु१९ टोलीविरुद्ध स्थानिय समयानुसार साँझ ८ बजे खेलिने छ।  यो खेलपछि मार्बेला जर्मनि प्रस्थान गर्ने कार्यक्रम रहेको छ| जर्मनिमा पनि विभिन्न क्लबहरुसंग मैत्रिपुर्ण खेलहरु तय भएको क्लबले जनाएको छ।

डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट खेल्दै बुढासुब्बा गोल्ड कप र आहा! रारा गोल्ड कप जितेका थिए |

मार्च १३३० सम्म हुने मैत्रीपूर्ण खेलहरु खेल्ने छन् भने अप्रिल महिना प्रशिक्षणमा बिताउने छन् | बिमल घर्ति मगर भने चोटका कारण केहि हप्तापछिमात्र त्यसतर्फ प्रस्थान गर्नेछन् |

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.