default_image

7 years ago

November 8, 2018

यस्तो पनि पेनाल्टी [भिडियो]

118 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कलाई ६-० ले पराजित।  यस खेलमा दोस्रो गोल सिटीले पेनाल्टी मार्फत गरेको थियो। यहि दोस्रो गोल अहिले विश्व फुटबल समर्थकमाझ चर्चाको विषय बनेको छ।

खेलको २३ औं मिनेटमा फर्नान्डिनियोले मिडफिल्डबाट रहिम स्टरलिङ्गलाई दिएको पासमा स्टरलिङ्ग बल अघि बढाएर गोल किपरमाथि चिप गर्ने क्रममा आफैँ अल्झिदै लडेपनि रेफ्री भिक्टर कसाइले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई ग्याब्रिएल जिससले गोलमा परिणत गरे।

खेलमा सिटीले त्यसपछि पनि पेनाल्टी पायो तर‌ उक्त पेनाल्टीमा भने कप्तान डेविड सिल्भालाई स्टेपनेन्कोले लडाएका थिए । जिससले त्यसमा पनि गोल गरेका थिए । खेलपछि शाख्तरका प्रशिक्षक मिगुएल कार्डोजोले पेनाल्टी निर्णय हास्यास्पद भएको बताए । उनले उक्त पेनाल्टीले खेलको नतिजा परिवर्तन नहुने भएपनि यस्तो स्तरमा त्यस किसिमको निर्णयले खेलप्रति फरक धारणा हुने धारणा राखे ।

हेर्नुहोस उक्त गोलको भिडियो 

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.