default_image

6 years ago

November 12, 2018

मोनाकोमाथि पीएसजीको ४ गोल, काभानीको ह्याट्रिक

22 views

0 Bookmark

एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभानीले ह्याट्रिक प्रहार गरेपछि फ्रान्सेली लिग वन अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एएस मोनाकोलाई ४-० ले पराजित गरेको छ ।

जारी सिजन निकै खराब नतिजा निकालेको मोनाको खेलको चौथो मिनेटमा नै पछाडी परेको थियो । काभानीले पीएसजीको पहिलो आक्रमणलाई नै गोलमा परिणत गर्दै उत्कृष्ट सुरुवात दिलाए । नेयमारको पासमा गोलको खाता खोलेका उनले ११ औं मिनेटमा अर्को सहज गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

काभानीले ५३ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । ६४ औं मिनेटमा पीएसजीले पेनाल्टी पायो । युवा फरवार्ड क्लियन एमबाप्पेलाई जिब्रिल सिडिबेले लडाएपछि प्राप्त पेनाल्टीमा नेयमारले कुनै गल्ति गरेनन् । त्यसपछि पीएसजीका लागि जुलियन ड्राक्सलर र एमबाप्पेले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् ।

च्याम्पियन्स लिगमा क्लब ब्रुजसँग फराकिलो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको मोनाको लिगको रेलिगेसन क्षेत्रमा रहेको छ । लिग सिजनमा जम्मा एक खेल जितेको मोनाको पुछारबाट दोस्रो स्थानमा छ । यता पीएसजी भने अपराजित यात्रा कायम राख्दै लिगको शीर्षस्थानमा छ । दोस्रो स्थानको लिलभन्दा पीएसजी १३ अंकले अगाडी बढिसकेको छ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.