10 years ago
March 23, 2016
साफ च्याम्पिएनशिपमा राष्ट्रिय टोलीका कप्तान रहेका फरवार्ड अनिल गुरुङ्ग चैत्र १४ गते हुने भनिएको मलेसिया यु-२२ विरुद्धको मैत्रीपूर्ण खेल खेल्ने टोलीको अन्तिम २३मा अटाउन सकेनन्|
बंगबंधु गोल्डकपमा सागको तयारीको लागि युवा खेलाडीलाई सामेल गरिएको कारण टोलीमा स्थान बनाउन नसकेका गुरङ्गले अहिले सिनिअर टोलि बनाउदा पनि अन्तिम २३मा स्थान बनाउन नसक्दा धेरै आश्चर्यचकित भए| मनाङ्ग मर्श्यन्ग्दी क्लबका समेत कप्तान रहेका अनिलले साफ पछि मनाङ्गबाट खेल्दै ३ उपाधि जिते तर सबै प्रतियोगितामा उनको प्रदर्शन मध्यम थियो|
प्रारम्भिक छनोटमा साफ र बंगबंधु लगायत अन्य घरेलु फुटबलमा राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरुलाई बोलाइएको थियो| तर, छनोटमा अनिलको प्रदर्शन बिर्सनलायक रह्यो र नया प्रशिक्षकले कप्तान हुनका बावजुद पनि उनलाई टोलीमा राखेनन्|
बढ्दो उमेर र घट्दो खेल प्रदर्शनका कारण अब अनिल गुरुङ्गको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावना पातलो देखिन्छ|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]