6 years ago
November 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक शीर्ष डिभिजनको लिग खेलिरहेको ललितपुरको भ्याली च्यासल युथ क्लबले मनाङ–मस्र्याङ्दी क्लबका पुर्व डिफेन्डर कोरा लार्वा कोने फ्लोरेन्टलाई क्लबमा अनुबन्ध गरेको छ ।
क्लबले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा फ्लोरेन्टलाई अनुबन्ध गरेको हो । उनको सम्झौता लिग भरको लागि रहेको बताइएको छ । उनलाई मनाङले अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेन । मनाङले पनि विदेशी डिफेन्डरको रुपमा उनलाई ल्याउने प्रयास गरेको थियो । विमल बस्नेत अष्ट्रेलिया गएपछि मनाङको डिफेन्स केहि कमजोर भएको छ ।
मनाङका पूर्व डिफेन्डर समेत रहेका अफ्रिकन राष्ट्र बुर्किनो फासोका फ्लोरेन्टले यसै सिजन भुटानी लिगमा पारो एफसीबाट नेपाली प्रकाश बुढाथोकीसँगै खेलेका थिए । भुटानी लिगमा पारो एफसीलाई उपविजेता बनाउन फ्लोरेन्टले महत्वपूर्ण भुमिका निभाएका थिए । उनले यसअघि संकटा क्लबबाट पनि खेलेका थिए ।
च्यासलले यसअघि फरवार्ड चीकोलाई अनुबन्धन गरेपनि नवलपरासीमा राइनो गोल्डकप खेल्दा उनी घाइते भए । उनलाई ठिक हुन अझै केहि साता लाग्ने बुझिएको छ । च्यासलले जारी लिगको दुई खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा मछिन्द्रविरुद्ध गोलरहित बराबरीमा रोकिएको च्यासल दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]