default_image

10 years ago

March 25, 2016

नेपाली टोली मलेसिया प्रस्थान

135 views

0 Bookmark

काठमाडौं, चैत १२
काठमाडौं । मलेसियाको यू–२२ टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।

football farewellविराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय खेलाडी ८ सदस्यीय पदाधिकारी मलेसियातर्फ प्रस्थान गरेको हो । नेपाली राष्ट्रिय टोलीले चैत १४ गते आइतबार मलेसियामा यू–२२ टोलीसँगको मैत्रीपूर्ण फुटबल खेल्दैछ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका जापानीज प्रशिक्षक ग्योटुकी कोजीले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए । टोलीमा अधिकांश युवा खेलाडी छन् । जुन टोलीले भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण तथा जितेका त्यसअघि बंगलादेशमा भएको बंगबंधु गोल्डकप जितेको थियो ।
मलेसिया जाने २३ सदस्यीय टोलीमा ५ जना फरवार्ड, ६ मिडफिल्डर, ९ डिफेन्डर र ३ गोलरक्षक छन् । जसमा विदेशमा रहेका र घाइते रहेका ४ खेलाडी छनोटमा परेका छैनन् । टोलीमा बिमल घर्तिमगर रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट र बिक्रम लामा छैनन् । रोहित चन्द र बिमल घर्ती मगर चोटग्रस्त छन् भने अन्य खेलाडी ट्रायलका लागि बिदेशमा छन् ।

नेपाली टोलीः
गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः विराज महर्जन, विजय धिमाल, देबेन्द्र तामाङ, दिनेश राजबंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मानबहादुर तामाङ, रबिन श्रेष्ठ, रञ्जित धिमाल
मिडफिल्डरः जगजित श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, सुमन लामा, विश्वास श्रेष्ठ र रन्जन बिष्ट छन् ।
मुख्य प्रशिक्षकः ग्योटुकी कोजी
प्रशिक्षकः राजुकाजी शाक्य
व्यवस्थापकः विराट जंग शाही

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.