6 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र भ्याली च्यासल युवा क्लबले लिगको सरुवातमा आफूलाई उपाधि दावेदारको रुपमा प्रस्तुत गरेका थिए । कागजमा हेर्दा दुवै टोली बलिया पनि छन् । तर नतिजा त्यसअनुसार आउन सकेको छैन ।
लिगको ३ खेल सकिँदा पुलिस र च्यासल दुवैले १ जित, १ बराबर र १ हार बेहोरेका छन् । दुवै क्लबले मछिन्द्रविरुद्ध गोलरहित बराबरी खेलेका थिए भने आफूभन्दा कमजोर प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए । पुलिसले पहिलो खेलमा जावलाखेललाई १-० ले हराएको थियो । यता च्यासल पछिल्लो खेलमा एनआरटीविरुद्ध ५-१ ले विजयी रहयो । दुवै टोली आर्मीसँग १-० ले पराजित भएका छन् ।
पुलिसको टोलीमा आक्रमणमा राम्रा खेलाडीको उपस्थिति भएपनि त्यसअनुसार नतिजा भने निस्केको छैन । राष्ट्रिय टोलीको क्याम्पमा नियमित रहेका खेलाडीहरुले पुलिसको प्रदर्शनमा जोड दिन सकेका छैनन् । सुमन लामा, अभिषेक रिजाल, तेज तामाङ र रवी पासवानले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । डिफेन्समा भने औसत खेलाडी भएपनि प्रदर्शन राम्रो रहेको छ । उपाधि होडमा फर्कने हो भने पुलिसलाई यस खेलमा जित अत्यावश्यक रहेको छ ।
यता च्यासलले पनि राष्ट्रिय खेलाडीहरुलाई अनुबन्ध गरेको छ । विमल घर्तिमगर, देवेन्द्र तामाङ, हेमन्त थापामगर जस्ता खेलाडीलाई सन्तोष साहुखल, सन्जोग राई, विश्व अधिकारी लगायतले साथ दिइरहेका छन् । विदेशी डिफेन्डरका रुपमा फ्लोरेन्टको आगमनले पनि च्यासलको डिफेन्स थप सशक्त भएको छ । पछिल्लो खेलमा एनआरटीविरुद्ध च्यासलले उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसलाई निरन्तरता दिए च्यासल उपाधि होडमा फर्कनेछ ।
खेल हल्चोकस्थित एपीएफ मैदानमा दिउँसो २:३० बजे हुनेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]