default_image

6 years ago

November 28, 2018

फ्रेन्डस र जावलाखेललाई पहिलो अंक

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन विनाको लिगको पुछारमा रहेका दुई क्लब ग्रान्डमास्टर जावलाखेल युथ क्लब र एनआइविएल फ्रेन्डस् क्लबले अंकको खाता खोलेको छ ।

चौथो चरणको अन्तिम खेलमा बुधबार जावलाखेल र फ्रेन्डस्ले ३–३ गोलको बराबरी खेल्दै लिगमा पहिलो अंक जोड्न सफल भएका हुन् । बराबरीपछि जावलाखेल १२औं स्थानमा उक्लँदा फ्रेन्डस १३औं स्थानमा रहेको छ । गोलअन्तरमा एनआरटी पुछारमा धकेलिएको छ । फ्रेन्डसका विकास लामा, फोफाना ब्राहिमन र धिरज श्रेष्ठले गोल गरे । जावलाखेलका अरुज सिंह, फोडे फोफाना र सुमन डंगोलले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निकै नै रोमाञ्चक प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेन्डस्ले खेलको २६औं मिनेटमा विकास लामाको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा अरुज सिंहले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

दोस्रो हाफको सुरुवाती सात मिनेटभित्र जावलाखेलले दुई गोल गर्दै फ्रेन्डसमाथि ३–१ ले अघि बढेको थियो । ४७औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–१ ले अघि बढाएका थिए । ५२औं मिनेटमा सुमन डंगोलले गोल गरेपछि जावलाखेलले खेलमा ३–१ को अग्रत बनाएको थियो । तर, ३–१ ले पछि परेपछि जावलाखेलले उत्कृष्ट खेल पस्कदै खेललाई बराबरीमा ल्याउन सफल भयो ।

६८औं मिनेटमा फोफाना ब्राहिमनले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ८२औ मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.