6 years ago
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा पछाडी परेको अवस्थाबाट दोस्रो हाफमा पुनरागमन गर्दै भ्याली च्यासल युवा क्लबले हिमालयन शेर्पा क्लबलई २-१ ले परााजित गरेकाे छ । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासलको जितमा म्यान अफ द म्याच सन्तोष साहुखलले उत्कृष्ट प्रदर्शन गरे ।
खेलको पहिलो मिनेटमै गाेलरक्षक दिनेश थापामगरले क्लियर गरेकाे बलमा पहिलाे मिनेटमा च्यासलका सन्ताेष साहुखलकाे प्रहार गाेलरक्षक किशोर गिरीले बचाएका थिए । १३ औं मिनेटमा सन्ताेषकाे पासमा सन्त बहादुर गुरुङकाे फितलाे प्रहारले गोलरक्षकलाई कठिन समय दिन सकेन ।
च्यासलले लगातार आक्रमण बुनेपनि काउन्टर अट्याकमा १५ अाैं मिनेटमा हिमालयन शेर्पाले अग्रता लियो । त्रिदेव गुरुङकाे गाेलमा शेर्पा अगाडी बढेको थियो । च्यासलका खेलाडीले अफसाइड भनेर छाेडेकाे बलमा फरवार्ड कर्ण लिम्बूको प्रहार पोस्टमा लागेर फर्किएपछि त्रिदेवले रिबाउन्डमा गाेल गरेका थिए ।
३० अाैं मिनेटमा हेमन्त थापामगरकाे ३० यार्ड टाढाकाे प्रहार बारमा लागेर बाहिरिंदा च्यासलले खेलमा फर्कने मौका गुमाएको थियो । ४० औं मिनेटमा अमिर श्रेष्ठकाे पासमा सन्ताेषकाे बक्सभित्रकाे हेडर गाेलरक्षकबाट बचाउ ।
दोस्रो हाफमा च्यासलले फिनिसिङमा सुधार गर्दै उत्कृष्ट पुनरागमन गर्यो । ५६अाैं मिनेटमा एकल प्रयासमा सन्ताेस साहुखलले गोल गरे । उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बिचमा रहेको अवस्थामा गरेको प्रहारलाई किशोर गिरीले बचाउन सकेनन् ।
खेलको ७३ अाैं मिनेटमा च्यासलले अग्रता बनायो । वैकल्पिक खेलाडी सुनिल खड्काकाे प्रहार निरज बस्नेतलाई लाग्दै गोलमा परिणत भएपछि च्यासलले अग्रता लिएको थियो । अन्तिम समयसम्म थप गोल हुन नसक्दा च्यासलले दोस्रो जित दर्ता गर्यो ।
यस जितसँगै च्यासलले ६ खेलमा २ जित, १ बराबर र ३ हारसहित ७ अंक जोडेको छ । अंक तालिकामा च्यासल सातौं स्थानमा छ । शेर्पा भने ६ खेलमा ३ जित, १ बराबर र २ हारसँगै १० अंक जोड्दै छैटौं स्थानमा छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]