आइतबार राति मलेसियामा भएको मैत्रीपूर्ण खेलमा मलेसिया यु-२२ संग १-१ को बराबरी खेल खेलेको नेपाली टोलि नेपाल फर्किएको छ|
आज बिहान नेपाल वायुसेवा निगमको विमानबाट नेपाल फर्किएको टोलि अब घरेलु प्रतियोगितामा व्यस्त रहने छन्| चैत्र १८ गतेदेखि झापा गोल्ड कप सुरु हुदैंछ भने चैत्र २९ गतेदेखि पोखरामा मनकामना गोल्ड कप हुने कार्यक्रम तय गरिएको छ|
नेपालले मलेसियाको सिनिअर टोलिसंग निकट भविष्यमा मैत्रीपूर्ण खेल खेल्ने बुझिएको छ|