10 years ago
March 29, 2016
काठमाडौं, चैत १६
नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्य पारेर बुधबार सञ्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । स्थापना दिवसको उपलक्ष्यमा महासंघले गत बर्षदेखि मैत्रीपूर्ण खेल आयोजनाको सुरुआत गरेको थियो ।
सञ्चारकर्मी टोलीको नेतृत्व नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तथा राजनीतिकर्मीको नेतृत्व सुचना तथा सञ्चारमन्त्री शेरधन राईले गर्नुहुनेछ । राजनीतिकर्मीको टोलीमा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडल, राज्यमन्त्री कुन्ती शाही, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, गगन थापा, रामहरि खतिवडा, गुरुराज घिमिरे, उदय शम्सेर राणा, राजीवविक्रम शाह, प्रदीप पौडेल एमालेका रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विशाल भट्टराई, अनेरास्वयु अध्यक्ष नवीना लामा, युवा संघका अध्यक्ष राजीव पहारी, राप्रपा नेपालका मोहन श्रेष्ठ, नयाँ शक्तिका गंगा श्रेष्ठ खेल्नेछन् ।
त्यस्तै विष्टको नेतृत्वमा रहने टोलीमा महासंघका पदाधिकारी, सदस्य, जिल्ला शाखा, प्रतिष्ठान, एसोसिएट सदस्य र अन्य सञ्चारकर्मीको सहभागिता रहनेछ । महासंघले स्थापना दिवसको अवसरमा मंगलबार प्रभात फेरी आयोजना गरेको थियो भृकुटिमण्डपदेखि सुरु भएको ¥याली शान्तिबाटिका सम्म पुगेर टुंगिएको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]