default_image

5 years ago

December 13, 2018

जावलाखेलसँग एपीएफ घरेलु मैदानमा स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल महिन्द्रा एपिएफ फुटबल टिम पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ग्रान्डमास्टर जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ । एपिएफ आफ्नै मैदानमा जावलाखेलसँग १–० ले स्तब्ध भएको हो । हल्चोकस्थित एपीएफको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा विदेशी खेलाडी लावलले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो । लावलले ५९ औं मिनेटमा […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल महिन्द्रा एपिएफ फुटबल टिम पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ग्रान्डमास्टर जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ । एपिएफ आफ्नै मैदानमा जावलाखेलसँग १–० ले स्तब्ध भएको हो ।

हल्चोकस्थित एपीएफको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा विदेशी खेलाडी लावलले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो । लावलले ५९ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेल १–० ले विजयी हुन सफल भयो ।

जावलाखेलका डिफेन्डर राकेश हमाल म्यान अफ दि म्याच चुनिए । उनले १० हजार पाए । लिगमा जावलाखेलले दोस्रो जित दर्ता गर्दा एपिएफले चौथो हार बेहोर्यो । जितपछि जावलाखेल ८ खेलबाट ७ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित एपिएफ समान खेलबाटै १० अंक जोडेर आठौं स्थानमा यथावत छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.