default_image

5 years ago

December 14, 2018

मनाङविरुद्ध जर्जप्रिन्सले आर्मीबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सैन्य प्रशिक्षणमा रहेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले शुक्रबार मनाङ मर्स्याङदी क्लबविरुद्ध खेल्ने भएका छन् । लिगको उद्घाटन खेलमा एनआरटीविरुद्ध खेलेका जर्जप्रिन्स उक्त खेलपछि भने टोलीमा समावेश थिएनन् । उनको अनुपस्थितिसँगै नवयुग श्रेष्ठ पनि घाइते भएपछि आर्मीको आक्रमणमा समस्या देखिएको थियो । कप्तान भरत खवास मात्र प्राकृतिक फरवार्ड रहँदा […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सैन्य प्रशिक्षणमा रहेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले शुक्रबार मनाङ मर्स्याङदी क्लबविरुद्ध खेल्ने भएका छन् ।

लिगको उद्घाटन खेलमा एनआरटीविरुद्ध खेलेका जर्जप्रिन्स उक्त खेलपछि भने टोलीमा समावेश थिएनन् । उनको अनुपस्थितिसँगै नवयुग श्रेष्ठ पनि घाइते भएपछि आर्मीको आक्रमणमा समस्या देखिएको थियो । कप्तान भरत खवास मात्र प्राकृतिक फरवार्ड रहँदा टोलीलाई समस्या परेको थियो ।

फ्रेन्ड्सविरुद्ध छैटौं चरणको खेलमा भरत खवास प्रतिबन्धित रहँदा आर्मी गोलरहित बराबरीमा रोकिएको थियो । त्यसै नतिजाले पनि आर्मीले लिग उपाधिको दावेदारीमा धक्का पुगेको थियो ।

यता मनाङले पनि दुई मुख्य खेलाडी चोटका कारण गुमाएको छ । सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी मनाङको दोस्रो चरणको खेलयता उपलब्ध छैनन् । मनाङ र आर्मीबीचको खेल दिनको २:३० बजे सुरु हुनेछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.