default_image

5 years ago

December 14, 2018

आर्मीलाई हराउँदै मनाङ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको छ । विशाल राईको पहिलो हाफको गोलमा मनाङले १-० को जित दर्ता गरेको हो । मनाङका लागि विशाल राईले ३१ औं मिनेटमा गोल गरेका हुन् । हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको छ । विशाल राईको पहिलो हाफको गोलमा मनाङले १-० को जित दर्ता गरेको हो ।

मनाङका लागि विशाल राईले ३१ औं मिनेटमा गोल गरेका हुन् । हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि रेफ्रीले एडभान्टेज दिएपछि आडेलाजा सोमिडेको पासमा विशालले गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम मिनेटमा जर्जप्रिन्स कार्कीको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले विफल तुल्याए । लगत्तै ओलावाले आफिजले वन भर्सेस वनको अवसर सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफमा आर्मीले दबाब बनाएपनि गोल गर्न सकेन । ५३ औं मिनेटमा जर्जप्रिन्स कार्कीको प्रहार बाहिरियो । लगत्तै जितेन्द्र कार्कीले पनि अवसर सदुपयोग गर्न सकेनन् । ५८ औं मिनेटमा भारतको क्रसमा नवयुगको हेडरले पोस्टको दिशा लिन सकेनन् ।

७६ औं मिनेटमा मनाङले अग्रता दोब्बर गर्ने अवसर गुमायो । भिक्टरको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । ८० औं मिनेटमा विकास खवासको प्रहार पनि पोस्टभन्दा थोरै बाहिर गयो ।

यस जितसँगै मनाङले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम नै गरेको छ । मनाङले लगातार आठौं जित दर्ता गर्दै २४ अंक जोडेको छ । आर्मी भने ८ खेलमा ५ जित, २ बराबरी र १ हारसँगै १७ अंकमा नै सिमित छ । आर्मी अंक तालिकाको चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको संकटाको २१ अंक छ भने रुस्लान थ्री स्टार १८ अंकमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.