default_image

5 years ago

December 15, 2018

मछिन्द्रविरुद्ध रुस्लान थ्री स्टारको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको थियो । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलमा थ्री स्टार क्बलले मच्छिन्द्र क्लबविरुद्ध १–० को अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलबाट थ्री स्टारले अग्रता लिएको हो । नीराजन […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको थियो । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलमा थ्री स्टार क्बलले मच्छिन्द्र क्लबविरुद्ध १–० को अग्रता लिएको छ ।

खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलबाट थ्री स्टारले अग्रता लिएको हो । नीराजन खड्काको प्रहारमा पेनाल्टी बक्स भित्र रहेका मच्छिन्द्रका रक्ष्ँक अन्जन देवकोटाको ह्यान्ड भएपछि थ्री स्टारले पेनाल्टीमा गोल गरेको थियो ।

रञ्जितको पेनाल्टी प्रहारमा मच्छिन्द्रका गोलकिपर दीप कार्कीले सहि जज गरेपछि बलमा हातमा लाग्दै गोल भएको थियो । लिगको उपाधि जित्ने सम्भावनालाई यथावत राख्न थ्री स्टारले आजको खेल जित्दै पर्ने हुन्छ । अपराजित सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबको २४ अंक छ भने तेस्रो स्थानको थ्री स्टारको १८ अंक छ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.