default_image

5 years ago

December 17, 2018

रोहित र प्रदीपसँग थापाको गुनासो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले मिडफिल्डरद्वय प्रदिप महर्जन र रोहित चन्दसँग आफ्नो गुनासो रहेको बताएका छन् । एन्फा पहिलो ब्याचले गजेन्द्र सर लाई सहयोग रकम हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा दुवै खेलाडी उपस्थित रहँदा थापाले ठट्यौली गर्दै दुई खेलाडीबारे बोलेका हुन् । कार्यक्रममा थापाले भने, ‘यी […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले मिडफिल्डरद्वय प्रदिप महर्जन र रोहित चन्दसँग आफ्नो गुनासो रहेको बताएका छन् । एन्फा पहिलो ब्याचले गजेन्द्र सर लाई सहयोग रकम हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा दुवै खेलाडी उपस्थित रहँदा थापाले ठट्यौली गर्दै दुई खेलाडीबारे बोलेका हुन् ।

कार्यक्रममा थापाले भने, ‘यी दुई खेलाडीका कारण म पनि सफल अध्यक्ष हुनबाट बञ्चित भए । त्यो समयमा गोल गरेको भए मेरो नि इतिहास बन्थ्यो ।’ थापाले सन् २००६ मा च्यालेन्ज कप र २०१३ मा साफ च्याम्पियनसिपमा नेपाल फाइनल पुग्नबाट बञ्चित रहेको दुई प्रसंगलाइ सम्झदै रोहित र प्रदीपसँग गुनासो गरेका हुन् ।

बंगलादेशमा भएको पहिलो च्यालेन्ज कपमा प्रदिपले श्रीलंकाविरुद्ध पेनाल्टी चुकाउँदा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिप अफगानिस्तानविरुद्ध रोहितले पेनाल्टी चुकाएका थिए । दुवै खेलाडी आफ्ना जमानाका अब्बल खेलाडी गनिन्छन् ।

थापाको कार्यकालमा नेपालले २०७२ भदौंमा साफ यू १९ च्याम्प्यिनसिपको उपाधिबाहेक कुनै उपाधि जित्न सकेको थिएन । थापामाथि प्रतिबन्ध लागेको दुई वर्षमा नेपालले बंगबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद (साग) यू २३ मा स्वर्ण पदक र एएएफसी सोलिडारिटी कप जितेको थियो ।

प्रदिप चोटका कारण आफ्नो खेलाडी करिअर युवा अवस्थामा हुँदै बिट मार्न बाध्य भएका थिए । अहिले उनी सक्रिय प्रशिक्षक रहेका छन् । उनको प्रशिक्षणमा खुमलटार युवा क्लबले गत सिजन बी डिभिजन लिग पनि खेलेको थियो ।

रोहित भने सक्रिय खेलाडी जीवनको उच्च विन्दुमा छन् । उनले गत साता मात्र पर्सिजा जकार्ताबाट इन्डोनेसिया लिगको उपाधि जित्दै लिगको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि जितेका थिए ।

थापाको कार्यकालमा नेपालले २०७२ भदौंमा साफ यू १९ च्याम्पियनसिपको उपाधिबाहेक कुनै उपाधि जित्न सकेको थिएन । थापामाथि प्रतिबन्ध लागेको दुई वर्षमा नेपालले बंगबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद (साग) यू २३ मा स्वर्ण पदक र एएएफसी सोलिडारिटी कप जितेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.