10 years ago
April 2, 2016
अमेरिकामा १३ दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाली युवा रुशल श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै चेल्सी नेपालको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ |
नेपालमा रहेका प्रिमिएर लिग र नेपाली लिगका समर्थकहरुको विभिन्न समुहले आज १३औं दिनको पुण्यतिथिमा उनलाई सम्झिएका थिए | चेल्सी नेपालका सदस्य समेत रहेका रुशल अमेरिका जानु अघि विविध कार्यक्रममा सहभागी हुने गर्दथे | वैशाख १२ गते गएको भूकम्पमा परेकाहरुका लागि आयोजना गरिएको राहत वितरण कार्यक्रममा पनि रुशलले सहभागिता जनाएका थिए |
दुइ चरणमा गरिएको कार्यक्रममा पहिलो चरणमा रुशलको स्मृतिमा योजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता रहेको थियो भने दोश्रो चरणमा रुशलको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलनको कार्यक्रम रहेको थियो |
सपोर्टर्स क्लबहरुको समुहले यस अघि पनि यस्ता सामाजिक कार्य गर्दै आएको छ | विगतमा अनाथालयक निम्ति एकदिने च्यारिटीका साथै भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको थियो |
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]