10 years ago
April 5, 2016
थ्री स्टार क्लब एवं राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले थ्री स्टार क्लब छाडेका छन्|
झापा गोल्डकप खेल्नका लागि झापा पुगेको थ्री स्टारले हिजोमात्र सशस्त्र प्रहरी बल विरुद्ध १-०को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो| खेलको दोश्रो हाफको सुरुवातमै शिव श्रेष्ठलाई जगजितको स्थानमा मैदान छिराएपछि उनको प्रशिक्षक र अफिसिअलसंग केहि भनाभन भएको बुझिएको छ|
आजै काठमाडौं आइपुगेका जगजितले सामाजिक संजाल मार्फत आफुले क्लब छाडेको बताएकाछन्| विगतका समयमा पनि यस्तै समस्याबाट गुज्रिएका जगजितको थ्री स्टारको बसाईनै सबै भन्दा लामो हो|
मनाङ्ग, हिमालयन शेर्पा र फ्रेन्ड्स हुदै थ्री स्टार आइपुगेका जगजितले राष्ट्रिय टोलीबाट सुरुवाती भूमिका गुमाईसकेका छन्|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]