काठमाडौं( हाम्रो खेलकुद)- पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब ग्रान्डमास्टर जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।
लिग अन्तरगत सोमबार हल्चोक मैदानमा भएको खेलमा आर्मीे जावलाखेललाई दवावमा राखेपनि गोल गर्न नसक्दा आर्मी बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीसँग आर्मीले रुस्लान थ्री स्टारलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
जावलाखेलविरुद्ध जित निकाल्न सफल भएको भए आर्मीले थ्री स्टारलाई उछिन्दै संकटासँगको दुरी १ अंकमा कायम गर्ने थियो । यद्दपि संकटा र थ्री स्टारले एक खेल कम खेलेका छन् । बराबरीपछि आर्मी २२ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा १२ अंक बनाएको जावलाखेल नवौं स्थानमा यथावत रहेको छ ।