5 years ago
January 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा असोज महिनादेखि सुरु भएको बिना रेलिगेसनको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम चरण शनिबारदेखि सुरु हुँदैछ । लिगको उपाधि मनाङ मर्स्याङदीले जित्ने पक्का भइसकेको छ । संकटाले पनि पछिल्लो चरणमा रुस्लान थ्री स्टारलाई पराजित गर्दै लिग उपविजेतामा आफ्नो स्थान पक्का गरेको […]
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा असोज महिनादेखि सुरु भएको बिना रेलिगेसनको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम चरण शनिबारदेखि सुरु हुँदैछ ।
लिगको उपाधि मनाङ मर्स्याङदीले जित्ने पक्का भइसकेको छ । संकटाले पनि पछिल्लो चरणमा रुस्लान थ्री स्टारलाई पराजित गर्दै लिग उपविजेतामा आफ्नो स्थान पक्का गरेको छ । अन्य स्थानको टुङ्गो लाग्न भने अन्तिम चरणका खेल समाप्त हुनुपर्नेछ । लिगमा क्लबहरुको स्थानसँगै अब व्यक्तिगत विधातर्फको उपाधि पनि कसले जित्छ भन्ने कौतुहलता सुरु भएको छ ।
यसपटक लिगमा उत्कृष्ट प्रदर्शन गरेका उत्कृष्ट गोलरक्षकको उपाधिका दावेदार निम्नानुसार छन् :
विशाल श्रेष्ठ (मनाङ मर्स्याङदी क्लब) :
खेल – १२
क्लिन सिट – ६
गोल खाएको – ६
विशाल श्रेष्ठ मनाङ मर्स्याङदीको उपाधि यात्रामा ‘साइलेन्ट हिरो’ यानकी ‘शान्त नायक’ बन्दै आएका छन् । मनाङको कसिलो डिफेन्सको महत्त्वपूर्ण पाटो बनेका विशालकै प्रदर्शनमा मनाङले रक्षात्मक रुपमा बलियो प्रदर्शन गरेको छ । मिडफिल्ड र अग्रपंक्तिबाट सोचेअनुरुप प्रदर्शन हुन नसक्दा विशालले मनाङको रक्षात्मक पाटोलाई सुदृढ बनाएका छन् ।
लामो समय मनाङबाट बाहिर रहेका विशाल अघिल्लोपटक ए डिभिजन जित्दा पनि टोलीका सदस्य थिए । उनले त्यसबेला उत्कृष्ट गोलरक्षक उपाधि जितेका थिए । राष्ट्रिय टोलीको अन्तिम टोलीमा पर्न चुकेका विशालले जारी लिगमा बलियो प्रदर्शन गर्दै आफ्नो स्तर देखाएका छन् । उनले खेलेका १२ मध्ये ६ खेलमा कुनै गोल खाएका छैनन् । उनले कुनैपनि खेलमा १ भन्दा बढी गोल खाएका छैनन् । विशेषगरि विशालले लिगको टर्निङ पोइन्ट मानिएको रुस्लान थ्री स्टारविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
विकेश कुथु (त्रिभुवन आर्मी क्लब) :
खेल – १२
क्लिन सिट – ६
गोल खाएको – ८
म्यान अफ द म्याच – १ (विरुद्ध च्यासल युवा क्लब)
त्रिभुवन आर्मी क्लबको प्रदर्शन यस सिजन उतारचढावले भरिपूर्ण रहयो । बल पोसेसन राखेपनि फिनीसिङमा चुक्दा आर्मीले निकै अंक गुमाउनु पर्यो । रक्षापंक्तिमा नियमित रुपमा समस्या देखिएपनि विकेशले पटक पटक आर्मीलाई अंक गुम्नबाट जोगाए । तर आर्मीको अग्रपंक्ति अस्थिर रहँदा लिगमा सोचेअनुरुप नतिजा आउन सकेन ।
विकेशले च्यासल युवा क्लबविरुद्ध म्यान अफ द म्याच भए भने अन्य खेलमा पनि महत्त्वपूर्ण बचाउ गरे । त्यस खेलमा च्यासलका आधा दर्जन बचाउ गरेका उनले शानदार प्रदर्शन गरेका थिए । सन्तोष साहुखल र विमल घर्तीमगरको लगातार आक्रमण निस्तेज पारेका उनले आर्मीको जित सुनिश्चित पारेका थिए । उनले खेलेका १२ खेलमध्य ६ खेलमा कुनै गोल खाएका छैनन् ।
अन्य राम्रो प्रदर्शन गर्ने खेलाडी :
संकटाका राजबाबु थापाले पनि राम्रो प्रदर्शन गरेका छन् । यद्यपी मुख्य खेलहरुमा उनको गल्तिले संकटाले उपाधि दौडबाट बिदा लिनु पर्यो । उनकै गल्तीमा संकटाले अनावश्यक गोल पनि खायो ।
फ्रेन्ड्सका देवराज लिम्बूले पनि लिगमा राम्रो प्रदर्शन गरे । बंगलादेशका नुरुल करीमलाई पहिलो रोजाईमा राख्दा बेन्चमा रहेका उनले राम्रो प्रदर्शन गरेपछि नै फ्रेन्ड्सले लगातार नतिजा हात पार्न सकेको थियो ।
न्यू रोड टिम (एनआरटी) का अजित प्रजापतिले पनि उत्कृष्ट प्रदर्शन गरे । एनआरटीले अर्का गोलरक्षक सोजित गुरुङलाई खेलाउँदा भारी अन्तरले पराजित हुँदा अजितको उपस्थितिमा भने निकै कम अन्तरको पराजय र उत्कृष्ट गोलरक्षण देखिएको थियो ।
सरस्वतीका प्रदिप भण्डारीले दुई म्यान अफ द म्याच पाएपनि निरन्तर राम्रो प्रदर्शन भने गर्न सकेनन् ।
April 18, 2024
एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]