एपिएफलाई ५-० ले हराउदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी मनकामना केबल कार कपको फाइनल प्रवेश गरेको छ ।
मनाङको जितमा ओलावाले आफिजले ह्याट्रीक गरे भने अनिल गुरुङ र रभी पासवानले १ – १ गोल गरे ।
मनाङले नेपाल आर्मी र धरान एफसि बिचको बिजेता सँग उपाधि को लागि भिड्ने छ ।