ए.एफ.सी अन्डर-१४ गर्ल्स प्रतियोगिताको तयारीमा रहेको नेपाल र भुटानको टोलीले आज मैत्रीपूर्ण खेल खेलेका थिए|
मध्यपुर् युथ एसोसिएसनको मैदानमा खेलिएको खेलमा नेपालले २-१को विजय हासिल गर्यो| नेपालको लागि सुमित्र पाख्रिन र पवित्रा राईले गोल गरेका थिए भने भुटानका लागि एकमात्र गोल सोनाम ल्हमोले गरेकी थिईन|
दुवै टोलि आगामी शनिवार ताजिकिस्तान जाने तयारीमा रहेका छन् भने अर्को एक मैत्रीपूर्ण खेल शुक्रबार हुने तय भएको छ| यस प्रतियोगिताको गत वर्षको संस्करणमा नेपाल उपविजेता रहेको थियो|