default_image

10 years ago

April 23, 2016

फिफाको अपिल कमिटीले थापाको अपिल पूर्ण रुपमा खारेज गर्यो

171 views

0 Bookmark

दीपेन्द्र पोखरेल
काठमाडौ – फिफाको अपिल कमिटीले अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष गणेश थापाको अपिललाई शुक्रबार पूर्ण रुपमा खारेज गरेको छ । फिफाको आधिकारिक वेभसाइटले थापाको अपिल खारेज गरेको उल्लेख गरेको छ । फिफाको इथिक्स कमिटिले कात्तिक २९ भ्रष्टाचारको आरोपमा थापालाई १० बर्षको प्रतिबन्ध लाउँदै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । उनले आफुमाथिको प्रतिबन्ध र कारवाहीविरुद्ध अपिल गरेका थिए । फुटबलमा फर्कने थापाको चाहना तत्कालका लागि टरेको छ । अब थापासँग कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट (सिएएस) जाने बाहेकको विकल्प छैन ।

Ganesh ThapaGanesh Thapa
सन् २००९ र २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा थापाले ठूलो रकम घुसका रूपमा लिएको बताएको थियो ।
दुई दशक नेपाली नेपाली फुटबलको नेतृत्व गरेका थापाले व्यक्तिगत र पारिवारिक रूपमा ठूलो रकम अन्य देशका फुटबल अधिकारीसँग लिएको खुलेको कारवाहीको निर्णय सार्वजनिक गर्ने क्रममा फिफाले उल्लेख गरेको थियो ।
भ्रष्टाचारको अभियोगमा आजीवन प्रतिबन्धमा रहका एएफसीका पूर्वअध्यक्ष मोहम्मद बिन हमामसँग थापाले १ लाख डलर लिएको २०१२ को जुनमा सार्वजनिक भएको थियो । हमाममाथि फिफाले अनुसन्धान गर्ने क्रममा एएफसीमा कार्यरत थापा छोरा गौरवको खातामा हमामले १ लाख डलर जम्मा गरिदिएको खुलेपछि थापामाथि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा थापाले २०१० मै हमामसँग थप १ लाख १५ हजार पाउन्ड पनि लिएको गत दुई बर्ष अघि सर्वजनिक भएको थियो । थापाले हमामसँको रकम व्यापारिक हिसाबले दाबी गर्दै आएका थिए ।
एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा देश भित्र दुई बर्षअघि चलेको आन्दोलनले थापलाई केही संकट परेपनि अख्तियार दुरुपयोग अनुसन्धानले भने उनीमाथिको छानविनलाई तामेलिमा राखेको थियो ।
सार्वजनिक लेखा समितिले २०७१ को असोज १३ गते ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै थापामाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो । तर, अख्तियारले त्यही वर्ष थापाविरुद्धको मुद्दा तामेलीमा राख्दै उनलाई एन्फा फर्कने बाटो खुला गरेको थियो । तर, एएफसीका पूर्व उपाध्यक्ष रहेका थापालाई फुटबलमा फर्कने प्रयासलाई फिफाको अपिल कमिटिको निर्णयले अंकुश लागेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.