मैत्रीपूर्ण खेल तथा प्रशिक्षणक लागि युरोप गएका राष्ट्रिय टोलीका सदस्यद्वय अन्जन बिष्ट र अनन्त तामाङ्ग आज नेपाल आइपुगेका छन ।
डिफेन्डर अनन्त र विंगर अन्जन बंगबंधु गोल्डकप र १२औं सागमा स्वर्ण पदक जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए| सशस्त्र प्रहरी बलको टोलीबाट फुटबल खेल्दै आएका अन्जनले बिराटनगरमा भएको के.बि.आर.यु. गोल्ड कप जितेका थिए भने अनन्तले मनाङ्गबाट खेल्दै बुढासुब्बा गोल्ड कप र आहा! रारा गोल्ड कप जितेका थिए |
मार्च १३ देखि ३० सम्म मर्बेल्लाबाट मैत्रीपूर्ण खेलहरु खेलेका थिए भने अप्रिल महिनामा फ्रान्सका क्लबहरुमा प्रशिक्षण लिएका थिए । उनिहरुसँग बिमल घर्ती मगर जाने भने पनि उन्ले चोटका कारण जान सकेनन ।