default_image

5 years ago

March 27, 2019

जेससको दुई गोलमा ब्राजिल विजयी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससको दुई गोल सहायतामा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ । ब्राजिलले चेकरिपब्लिकलाई ३–१ ले पराजित गरेको हो । ब्राजिलका लागि अर्काे गोल रोबर्टाे फिर्मिनोले गरे । चेकका डेभिड पाभेलकाले सुरुवाती गोल गरेका थिए । घरेलु टोलीविरुद्ध ब्राजिलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको […]

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससको दुई गोल सहायतामा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ ।

ब्राजिलले चेकरिपब्लिकलाई ३–१ ले पराजित गरेको हो । ब्राजिलका लागि अर्काे गोल रोबर्टाे फिर्मिनोले गरे । चेकका डेभिड पाभेलकाले सुरुवाती गोल गरेका थिए । घरेलु टोलीविरुद्ध ब्राजिलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो ।

३७औं मिनेटमा डेभिड पाभेलकाले गोल गरेपछि ब्राजिल पहिलो हाफमा १–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्दै सहज जित आत्मसात गर्न सफल भयो ।

खेलको ४९औं मिनेटमा फिर्मिनोले बराबरी गोल फर्काएपछि ब्राजिल खेलमा फर्किएको थियो । त्यसपछि ७ मिनेटको अन्तरमा जेससले दुई गोल गरेपछि ब्राजिलले सहज जित निकाल्यो । जेससले खेलको ८३औं मिनेटमा र ९०औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३–१ को सहज जित दिलाए ।

ब्राजिल यसअघिको पहिलो मैत्रीपुर्ण खेलमा पानमासँग १–१ गोलको बराबरीमा रोकिदा चेक इंग्ल्यान्डसँग ५–० ले पराजित भएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.