default_image

5 years ago

April 4, 2019

एमबाप्पेको गोलसँगै पीएसजी फाइनलमा

एजेन्सी – यूव फरवार्ड किलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको फ्रेन्च कपको सेमिफाइनलमा पीएसजीले १० खेलाडीमा समेटिएको नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पीएसजीको जितमा मार्काे भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गरे । केलियन एमबाप्पेको पासमा मार्काे […]

37 views

0 Bookmark

एजेन्सी – यूव फरवार्ड किलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको फ्रेन्च कपको सेमिफाइनलमा पीएसजीले १० खेलाडीमा समेटिएको नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पीएसजीको जितमा मार्काे भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गरे ।

केलियन एमबाप्पेको पासमा मार्काे भेराटीले खेलको २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुके । ७२औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो । नान्टेसका खालिफा दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए ।

८५औं मिनेटमा पीएसजीले अर्काे पेनाल्टीको मौकापायो । पहिलो पेनाल्टीमा चुकेका एमबाप्पे यसपटक चुकेनन् । ९०औं मिनेटमा ब्राजिलियन भेट्रान ड्यानी आल्भेसले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।

अब पीएसजीले उपाधिका रेनिससँग २८ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । रेनिसले लियोनलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थन सुरक्षित गरेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.