दिपक बोहोरा, पाँचथर
वाइवाइ तेस्रो पाँचथर गोल्डकपमा आयोजक पाँचथर क्लब पाँचथर लाई ३–० ले हराउदै डागिहाट फुटबल क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ ।

मोरङको जितमा विदेशी खेलडी आरमान भिदुम नायक रहे । भिदुमले २ गोल गरे । एक गोल भने हेमन्त थापा मगरको नाममा रह्यो । सोमबार फिदिम मा.बिको मैदानमा भएको खेलमा खेलको १० औं मिनेटमा अर्मान्डको गोलमा मोरङले अग्रता लिएको थियो । किपर बिट अवस्थामा आरमानले वन भर्सेज वन गोल गरे ।
त्यसको २ मिनेट हेमन्त थापा मगरले फ्रिकीकमा सुन्दर गोल गर्दै मोरङको अग्रता दोब्बर पारे । डि एरिया नजिक पाँचथरका खेलाडीले फाउल गरे पछि पाएको अवसरलाई हेमन्तले गोल गरेका थिए । खेलको इन्जुरी समयमा बिदेशि खेलाडी अर्मान्डले गोल गर्दै मोरङलाई सेमिफाइनल सम्म पुर्याए । कर्नरबाट आएको बल किपरले नियन्त्रणमा लिन नसक्दा आरमानले गोल गरेका थिए ।
१८ औं मिनेटमा पाँचथरका प्रबिण जबेगुको शक्तिशाली प्रहार बाहिरीएको थियो । ३७ औं मिनेटमा पाँचथर क्लबका शरण बस्नेतको हेडर पोल भन्दा माथिबाट बाहिरिएको थियो । पाएका केहि अवसर गुमाउदा आयोजक निराश बन्न पुग्यो । खेलमा एक गोल गरेका मोरङका हेमन्त थापा मगर म्यान अफ दि म्याच हुदै नगद पाँच हजार प्राप्त गरे ।
मोरङमा नाम चलेका खेलाडीहरु पुजन उपरकोटि, हेमन्त थापा मगर, विक्रम लिम्बु र विदेशी खेलाडीहरुको साथ रहँदा आयोजक स्थानिय युवा खेलाडीहरुको भरमा प्रतिस्पर्धामा उत्रिएको थियो । खेलाडीहरुको टिमवर्क मिलेकोले सहज जित हात परेको मोरङका प्रशिक्षक याबुन राईले बताए । आफ्नो खेलाडीहरुले पराजित भए पनि मन जित्ने गरी खेलेको आयोजक टिमका टिम व्यवस्थापक अनुराग मगरले बताए ।
तेस्रो पाँचथर गोल्डकपको बिजेताले नगद चारलाख प्राप्त गर्नेछ
वाइवाई पाँचथर गोल्डकपमा मंगलबार हुने खेल
विर्तामोड युनाइटेड बिरुद्ध दार्जिलिङ युनाइटेड भारत