एजेन्सी – आउदो जुन जुलाइमा आयोजना हुने अफ्रिका कप अप नेसन्समा आयोजक इजिप्ट सहज समूहमा परेको छ ।

जिजा प्लेटेउ कारियोमा शुक्रबार निकालिएको ‘ड्र’ मा आयोजक इजिप्ट कंगो, युगान्डा र जिम्वावे सम्मिलित समूह ‘ए’ मा परेको हो ।

परम्परागत प्रतिद्धन्द्धी तथा अफ्रिकी पावरहाउस मोरोक्को, आइभोरी कोस्ट र दक्षिण अफ्रिका कठिन समूह ‘डी’ मा परेको छ । यो समूहमा नामिविया पनि रहेको छ ।
अफ्रिका कपमा माडागस्कार, ब्रुरुन्डी र अंगोलाले पहिलोपटक स्थान बनाउन सफल भएको हो । दुई वर्षअघि उच्च प्रदर्शन गरेका गावोन छनोट हुन असफल हुदा केन्याले १५ वर्षपछि तथा तान्जिनियाले १९८० पछि अफ्रिका कपमा पुनरागमन गरेका छन् ।

२४ अफ्रिकी राष्ट्र सम्मिलित अफ्रिका कप अफ नेसन्स जुन २१ बट जुलाई १९ सम्म आयोजना हुदैछ । २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्दा तेस्रो स्थानमा रहने चार शीर्ष टोलीले पनि दोस्रो चरणमा स्थान बनाउनेछ ।
समूह विभाजन
समुह ‘ए’ – इजिप्ट, कंगो, युगान्डा र जिम्वावे
समूह ‘बी’ – नाइजेरिया, गिनिया, माडागस्कार र ब्रुरुन्डी
समूह ‘सी’ सेनेगल, अल्जेरिया, केन्या र तान्जिनिया
समूह ‘डी’ – मोरोक्को, आइभोरी कोस्ट, दक्षिण अफ्रिका र नामिविया
समूह ‘ई’ – ट्युनिसिया, माली, मौरितानिया, अंगोला
समूह ‘एफ’ – क्यामरुन, घाना, बेनिन र गिनिया–बिसाउ