default_image

5 years ago

April 26, 2019

एएफसी यू–१९ : नेपालले बलियो अष्ट्रेलियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा आज नेपालले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ । खेल म्यानमारको मन्डलेस्थित मन्डालाथिरी स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ३:१५ बजेपछि सुरु हुनेछ । दोस्रो चरणको खेलका लागि नेपाली युथ टोली दुई महिना लामो प्रशिक्षण र त्यसपछि चीनमा दुई मैत्रीपुर्ण खेलसँगै प्रशिक्षण गर्दै म्यानमार पुगेको हो । […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा आज नेपालले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ ।

खेल म्यानमारको मन्डलेस्थित मन्डालाथिरी स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ३:१५ बजेपछि सुरु हुनेछ । दोस्रो चरणको खेलका लागि नेपाली युथ टोली दुई महिना लामो प्रशिक्षण र त्यसपछि चीनमा दुई मैत्रीपुर्ण खेलसँगै प्रशिक्षण गर्दै म्यानमार पुगेको हो ।

नेपालले चीन भ्रमणको दुई मैत्रीपुर्ण खेल खेलेको थियो । छेन्दु प्रान्तको टोलीसँग पहिलो खेलमा ३–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले चीन प्रस्थान गर्नुअघि टिमको तयारी राम्रो रहेका कारण अष्ट्रेलिया भन्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका थिए । उनले उमेर समूहमा वरीयताले खासै प्रभाव पार्ने बताउँदै समूहका सबै टोलीविरुद्ध आक्रमक फुटबल खेल्दै टोली जितका लागि मानसिक र शारीरिक रुपमा तयार रहेकोसमेत बताएका थिए । कप्तान सरू लिम्बुले टोलीमा रहेको समन्वयले राम्रो प्रदर्शन गर्ने बताएकी थिइन् ।

फिफा वरीयतामा अष्ट्रेलिया छैंटौ तथा नेपाल १०३औं स्थानमा छन् । समुह ‘ए’ मा नेपालले २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समुह ‘बी’ मा दक्षिण कोरिया, भियतनाम, इरान र लेबनाम छन् ।

हरेक समूहका शीर्ष दुई टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछन् । आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् ।

नेपालले गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उपविजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भएको थियो । पहिलो चरणमा भारतमाथि २–० र पाकिस्तानमाथि ९–० को जित निकालेको नेपाल घरेलु टोली थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।

नेपाली टोलीः सरु लिम्बु (कप्तान), अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।
मुख्य प्रशिक्षकः हरिओम श्रेष्ठ
प्रशिक्षकः प्रकाश वैद्य
गोलरक्षक प्रशिक्षकः अस्मिता खवास
टिम म्यानेजरः जमुना गुरुङ
फिजियोः नवीना श्रेष्ठ

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.