default_image

5 years ago

April 30, 2019

एएफसी यु–१९ महिला च्याम्पियनसिप: सान्त्वना जितको खोजीमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ राष्ट्रिय टोलीले म्यानमारमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटको समुह चरणको अन्तिम खेलमा आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल म्यानमारको मण्डलर थिरी स्टेडियममा नेपाली समय अनुसार साझ ६:१५ बजेपछि शुरु हुनेछ । दोस्रो चरणको सुरुवाती दुवै गुमाएर छनोटबाट बाहिरीसकेको नेपाल घरेलु टोली म्यानमारविरुद्ध सान्त्वना जितको खोजीमा मैदान […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ राष्ट्रिय टोलीले म्यानमारमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटको समुह चरणको अन्तिम खेलमा आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल म्यानमारको मण्डलर थिरी स्टेडियममा नेपाली समय अनुसार साझ ६:१५ बजेपछि शुरु हुनेछ । दोस्रो चरणको सुरुवाती दुवै गुमाएर छनोटबाट बाहिरीसकेको नेपाल घरेलु टोली म्यानमारविरुद्ध सान्त्वना जितको खोजीमा मैदान उत्रनेछ । म्यानमारलाई पराजित गर्दै नेपाल छनोटको सुखद अन्त्य गर्न चाहन्छ । तर, बलियो म्यानमारविरुद्ध नेपाललाई त्यति सजिलो भने छैन ।

नेपाल समूहको पहिलो खेलमा बलियो अष्ट्रेलियासँग ११–१ ले तथा उज्वेकिस्तानसँग ४–० ले पराजित हुदै दोस्रो चरणको छनोटबाटै बाहिरिएको थियो । अष्ट्रेलियाविरुद्धको खेलमा नेपालकी मन्जली कुमारी योन्जनले गोल गरेकी थिइन् । नेपाल समूह ‘ए’ मा अंकविहीन हुदै पुछारमा छ ।

यता, म्यानमार नेपाललाई पराजित गर्दै अघिल्लो चरणको यात्रालाई बलियो बनाउने योजनामा हुनेछ । म्यानमार समूहमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ३ अंक नै भएपनि म्यानमारले उज्वेकिस्तानलाई गोल अन्तरमा पछि पारेको छ । आजै अष्ट्रेलिया र उज्वेकिस्तान खेल्दैछन् । यो खेलमा जित हात पारे वा बराबरीको नतिजा निकालेको अवस्थामा अष्ट्रेलिया समूह विजेताको रुपमा अघि बढ्नेछ ।

यता, उज्वेकिस्तानलाई अघिल्लो चरण प्रवेश गर्न निश्चित जित आवश्यक र नेपाल र म्यानमारबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । अष्ट्रेलियाविरुद्ध जित निकालेको अवस्थामा म्यानमार नेपालसँग पराजित भए उज्वेकिस्तान अघिल्लो चरणमा प्रवेश गर्नेछ । उज्वेकिस्तान र म्यानमार दुवैले जित निकालेको खण्डमा म्यानमार हेड टु हेडमा दोस्रो चरणमा प्रवेश गर्नेछ । त्यसैले म्यानमारलाई फाइनल चरणमा स्थान बनाउन नेपालविरुद्ध निश्चित जितको खाँचो छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.