default_image

5 years ago

May 1, 2019

खजुरालाई मेयर कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको गोदावरी नगरपालिका २ तेघरीमा सम्पन्न प्रथम बि वाइ सी मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि खजुरा गाँउपालिका बाँकेले जितेको छ । तेघरीस्थित बनदेवी युवा क्लबको खेल मैदानमा आज भएको फाइनल खेलमा भजनी नगरपालिका कैलालीलाई पराजित गर्दै उपाधि माथि खजुरा गाउपालिकाले कब्जा जमाएको हो । खजुरा १–० गोल अन्तरले विजयी भएको […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको गोदावरी नगरपालिका २ तेघरीमा सम्पन्न प्रथम बि वाइ सी मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि खजुरा गाँउपालिका बाँकेले जितेको छ ।

तेघरीस्थित बनदेवी युवा क्लबको खेल मैदानमा आज भएको फाइनल खेलमा भजनी नगरपालिका कैलालीलाई पराजित गर्दै उपाधि माथि खजुरा गाउपालिकाले कब्जा जमाएको हो । खजुरा १–० गोल अन्तरले विजयी भएको हो । प्रतियोगिताको विजेता भएसंगै खजुरा गाउपालिकाले ३ लाख रुपैयाँ र उपविजेता भजनीले १ लाख ५० हजार प्राप्त गरे ।

खजुराको जितमा दिपकराज सिंह ठकुरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच समेत बनेका दिपकराजले ३ हजार रुपैयाँ पाए । प्रतियोगिता कै सर्वाधिक गोलकर्ता पनि बनेका दिपकराज ले १० हजार रुपियाँ प्राप्त गरे ।

अन्य विधामा उदयमान खेलाडी गोदावरी नगरपालिका टिम बी का योगेन्द्र खड्का , उत्कृष्ट गोल किपर खजुराका सुजित बि.क , उत्कृष्ट डिफेन्डर भजनी नगरपालिका सुनिल धामी घोषित हुदै समान १०-१० हजार नगद प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी खजुराका विजयसिंह ठकुरी घोषित हुदै नगद १५ हजार प्राप्त गरे भने उत्कृष्ट कोच खजुराका र फेयर प्ले टिम लम्की चुहा नगरपालिका घोषित भएको प्रतियोगिताका संयोजक एबम् क्लबका उपाध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

समापन कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउद र बिशिष्ट अथिती गो.न.पा २ का वडा अध्यक्ष कृष्ण राज जोशीले विजेतालाई पुरस्कृत गरे । बनदेवी युवा क्लब तेघरीको आयोजनामा यहि बैशाख १० गतेवाट सुरु भएको सो प्रतियोगितामा देशैभरवाट गाउपालिका , नगरपालिका र उपमहानगरपालिका गरी जम्मा १० टिमको सहभागिता रहेको थियो । खेलहरु नकाउट चरणका आधारमा खेलाइएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.