default_image

5 years ago

May 2, 2019

‘मेस्सीको तुलना रोनाल्डोसँग नगर’ – बालोटेली

49 views

0 Bookmark

एजेन्सी – इटालियन फरवार्ड मारियो बालोटेलीले बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको तुलना युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग नगर्न भनेका छन् ।

यसअघि लिभरपुलबाट पनि खेलिसकेका फरवार्ड बालोटेलीले बुधबार मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि यस्तो अभिव्यक्ति दिएका हुन् । उनले खेलको तस्बिर राख्दै आफ्नो इन्स्टाग्राममा लेखेका छन्,’ फुटबललाई माया गर्नुहुन्छ भने मेस्सीको तुलनामा युभेन्टसमा ७ नम्बर जर्सी लगाउनेसँग नगर्नुहोस् ।’

मेस्सीले लिभरपुलविरुद्ध २ गोल गरेसँगै बार्सिलोनाका लागि ६ सय गोल पूरा गरेका छन् । रोनाल्डोले पनि केहि दिन अघिमात्र मात्र इन्टर मिलानविरुद्ध गोल गर्दै आफ्नो ६ सयौं गोल पूरा गरेका थिए । मेस्सी र रोनाल्डो दुवैले ५-५ पटक ब्यालोन डी’ओर जितेका छन् । दुवै खेलाडीले पछिल्लो एक दशक विश्व फुटबलमा अधिपत्य नै जमाएका छन् ।

बालोटेली हाल फ्रान्सेली क्लब मार्सेबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट लिग उपाधि जितेका बालोटेलीले इन्टर मिलान र एसी मिलानबाट पनि खेलिसकेका छन् । उनले फ्रान्सकै निसबाट पनि खेलेका थिए । बालोटेली सन् २०१२ को युरोपेली च्याम्पियनसिपमा जर्मनीविरुद्ध गोल गरेपछि जर्सी खोलेर गरेको सेलेब्रेसनका कारण चर्चामा आएका थिए ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.