नेपाली राष्ट्रिय टोलीका फरवार्ड बिमल घर्ति मगर २० दिनको छोटो समयका लागि बेल्जियम प्रस्थान गरेका छन्|
घुँडाको चोटले ग्रसीत बिमल फिटनेस टेस्टको लागि युरोप लागेको एन्फाले जनाएको छ| उनले त्यहाँ रहेर क्लबहरु स्नागा अनुबन्धको कुरा पनि गर्नेछन्| युरो २०१६ जुन महिनामा सुरु हुने भएकाले यो पाली सिजन जुलाईमा मात्र सूरु हुने र त्यसैकारणले बिमल जुनको सुरुमै नेपाल आइपुग्नेछन्|
आज कतार एअरवेजको साँझ ५:३५को उडानबाट मगर बेल्जियमको ब्रसेल्स पुग्नेछन्| बिचमा दोहामा ट्रान्जिट परेकाले केहि नेपाली खेलप्रेमी दर्शकले उनीसंग भेटघाट गर्ने पनि बुझिएको छ|