10 years ago
May 13, 2016
सडन डेथमा सशस्त्र प्रहरी बलको एपिएफलाई हराउँदै आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सडन डेथको अन्तिममा रुपक लामाको प्रहार बाहिरिएपछि प्रतिष्ठान तेस्रो पटक उपाधि नजिक पुगेका हो । दास्रो संस्करणको विजेता प्रतिष्ठान गत बर्ष उपविजेता बनेको थियो । निर्धारित समयमा १–१ को बराबरीपछि खेलको निर्णयका लागि टाइब्रेकर गराइएको थियो । त्यसमा पनि बराबरीपछि खेल सडन डेथमा पुगेको थियो ।
आयोजकका दिपक राई, रजिन धिमाल, कर्ण लिम्बू, योगेश गुरुङ, विजय धिमाल, विक्रम लिम्बू र देवेन्द्र तामाङले गोल गरे । एपिएफ आदित्य चौधरी, नविन लामा, मिलन राई, श्याम नेपाली, हरी कार्की र राजेन्द्र रावलले गोल गरे । २९ औं मिनेटमा नविन लामाको पासमा हरी कार्कीले गोल गर्दै एपिएफलाई अघि बढाएका थिए । तर त्यो अग्रता लामो समय रहेन । दीपक राईको पासमा कर्ण लिम्बुले ३५ औं मिनेटमा बराबरी गोल फर्काए । अर्को सेमिफाइनलमा शनिबार विआरसी भुटान र नेपाल आर्मी क्लबबीच हुनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]