आज हुने बार्सिलोना र रियल म्याड्रिडको खेलको नतिजाले स्पेनिश ला लिगा उपाधि कसले उचाल्छ भन्ने टुंगो लाग्नेछ|
म्याड्रिडले नेपाली समयानुसार राति ८:४५बजे डेपोर्तिभो ल कोरुनाको सामना गर्दैछ भने सोहि समयमा बार्सिलोनाले ग्रनाडाविरुद्ध आफ्नो अन्तिम खेल खेल्नेछ|
अन्तिम खेल बाँकी रहेको स्थितिमा बार्सिलोना ८८ अंक लिएर शिर्ष स्थानमा छ भने रियल म्याड्रिड एक अंक कम बोकेर दोश्रो स्थानमा रहेको छ|
रियलले लिगको पहिलो लेगमा डेपोर्तिभोलाई ५-०ले हराउँदा ग्यारेथ बेलले ह्याट्रिक गरेका थिए भने करिम बेन्जेमाले दुइ गोल गरेका थिए| उता बार्सिलोनाले पहिलो लेगमा ग्रनाडालाई ४-०ले हराउँदा लिओनेल मेस्सीले ह्याट्रिक र नेयमारले एक गोल गरेका थिए|