default_image

8 years ago

May 14, 2016

नवयुग र सन्तोषको गोलमा आर्मी फाइनलमा, खवासलाई रातो कार्ड

नवयुग श्रेष्ठ र सन्तोष श्रेष्ठको गोलमा त्रिभुवन आर्मी क्लब भुटानको बिआरसीलाई २–१ ले हराउँदै मोरङको उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मीले सोमबार हुने फाइनलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले खेलको अधिकांश समय आफनो पक्षमा राखेपनि गोल संख्या बढाउन सकेनन् । खेलको अन्तिम १५ […]

40 views

0 Bookmark

नवयुग श्रेष्ठ र सन्तोष श्रेष्ठको गोलमा त्रिभुवन आर्मी क्लब भुटानको बिआरसीलाई २–१ ले हराउँदै मोरङको उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

received_10154825639853032

आर्मीले सोमबार हुने फाइनलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ ।
आर्मीले खेलको अधिकांश समय आफनो पक्षमा राखेपनि गोल संख्या बढाउन सकेनन् । खेलको अन्तिम १५ मिनेट भुटानले पुरै दवाबमा राख्दै खेलेपनि गोल गर्ने अवसर भने पाएन । आर्मीका नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरेभने भुटानका लागि एकमात्र गोल सुजल श्रेष्ठ फर्काएका थिए । खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए ।
नवयुगले छैटौं मिनेटमा आर्मीलाई अग्रदा दिलाएका थिए । बिमल रानाले कर्नर नजिकबाट गरेको क्रसमा नयुगले गोल गरेका हुन् । ३७ औं मिनेटमा सन्तोषले गोलअन्तरलाई दोब्बर पारे । उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए । इन्जुरी समयको दोस्रैो मिनेटमा सुजलले गोल फर्काएपनि टोलीको हार टरेन । ननयुग खेलको म्यान अफ दी म्याच बने ।
दुवै टोलीले १० खेलाडीमा सिमित हुँदै खेल अन्त्य गरेका थिए । भरत खवासले विपक्षी टोलीका माउसालाई हात हालेपछि रेफ्री नविन्द्र महर्जनले दुवैलाई रातो कार्ड देखाएका थिए । खेलको २८ औं मिनेटमा माउसाले भरतलाई फाउल हानेका थिए । त्यसपछि रिसमा भरतले माउसालाई हात हालेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.