10 years ago
May 16, 2016
काठमाडौं – राष्ट्रिय टोली स्टार नवयुग श्रेष्ठको २ गोलमा त्रिभुवन आर्मी क्लबले पाँचौ मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरडको उर्लाबारीमा सामबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
नवयुगले पहिलो गोल २९ औं मिनेटमा गरेका थिए । बिमल रानाले पासमा नवयुगले पेनाल्टी बक्स भिबबाट गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा प्रतिष्ठानले खेललाई बराबरीमा ल्याएको थियो । सन्तोष न्यौपानेले गोल गर्दै खेललाई बराबरी पारे । ६२ औं मिनेटमा नवयुगले अर्को गोल गरे र त्यो नै खेलको निर्णायक गोल बन्यो । आर्मीले उपाधि सहित २ लाख २ हजार २ सय रुपैयाँ प्राप्त गर्यो । आयोजकले १ लाख १ हजार १ सयरुपैयाँमा चित्त बुझायो ।
सर्वाधिक गोलकर्ता समेत रहेका नवयुग प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । आर्मीका गंगाराम देउजा उत्कृष्ट गोलकिपर, आर्मीका दिपक गुरुङ उत्कृष्ट रक्षक आयोजकका संजोक लिम्बु उत्कृष्ट मिडफिल्डर, दीपक राई उत्कृष्ट फरवार्ड, सन्तोष न्यौपाने उदयमान खेलाडी छानिए भने आर्मीका चुनबहादुर थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]