नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी मे २९ तारिखका दिन लाओसको राष्ट्रिय टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ|
गत महिनानै मलेसियासंग खेलिने भनिएपनि उक्त टोलि म्यानमार संग मैत्रीपूर्ण खेल खेल्न लागेको कारणले एन्फाले लाओस संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो| एन्फाले औपचारिक रुपमा खुलासा गर्न भने बाँकी रहेको अवस्था छ|
फिफा वरियतामा नेपाल भन्दा चार स्थान माथि रहेको लाओसले एसियन कप छनोटमा भारत संग खेल्नेछ| नेपालले ए.एफ.सिको आयोजनामा हुने भनिएको अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने टोलिको छिनोफानो पनि यसै खेलले तय गर्नेछ| यी दुइ टोलीबीचको खेलको पराजित हुने टोलीले अर्को एक खेल खेलेर हार व्यहोरेमा नेपाल सम्मिलित प्रतियोगिता खेल्नेछ|
एन्फाले यसै खेलको तयारीका लागि टोलीको प्रशिक्षण पनि सुरु गरिसकेको छ|