अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मनोहरा एकीकृत विजयी भएको छ|
पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाई ४-२ले पछि परेको मनोहराले आज सानो गौचरणलाई २-१ ले पराजित गर्यो| ३४औं मिनेटमा अखिलेश कार्कीको गोलले अगाडी बढेको गौचरणले दोश्रो हाफमा खराब प्रदर्शन गरेपछि हार व्यहोरेको थियो| विजयी टोलीका लागि तिर्थ बस्नेतले ४७औं मिनेट र बिनय खड्काले ६७औं मिनेटमा गोल गरेका थिए|
दिनको दोश्रो खेल श्री भगवती क्लब र झाम्सिखेल युवा क्लबले खेलेका थिए| दुवै टोलीले गोल गर्ने मौकाको सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो|