10 years ago
May 26, 2016
बिमल घर्ती मगरको बहिनी मनिषा घर्तिमगरको मृत्युको आरोपी उनको प्रेमीले मृत्यु बारे प्रहरी सामु बयान दिएका छन । प्रहरीले घटनाको अनुसन्धानको लागि चौधरीलाई नियन्त्रणमा लिएको हो ।
चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो । भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् ।
‘एक बोत्तल बियर खाएर गएको थिएँ । फेसबुकमा लेखिएको पोष्टको बिषयमा झगडा पर्यो’, चौधरीले बयानमा भनेका छन्,’म उनको घरबाहिर निदाएँ । राति ११ बजे ब्यूझिएर हेर्न जाँदा कोठामा सलले पासो लगाएर झुण्डिएको अबस्थामा देखें, सलवाट निकाल्दा मृत्यु भइसकेको रैछ ‘
चौधरीले उनको सल घरभन्दा पश्चिमको पेट्रोलपम्प नजिकमा फालेको प्रहरीले जनाएको छ ।
चौधरी राति ११ बजे मनिषाको घरबाट आफ्नो घरमा पुगेको प्रहरीले जनाएको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]