6 years ago
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जापानी संस्था एनपीओ रियल वर्ल्डले नेपाली फुटबलको विकासमा निम्नस्तरबाट कदम चाल्ने लक्ष्यसहित सुरु गरेको ‘हिरो टु हिरो’ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु संलग्न भएका छन् ।

‘हिरो टु हिरो’ कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय टोलीका खेलाडीहरु किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने, रञ्जित धिमाल, सरोज दाहाल, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ लगायत मध्यपुर थिमीस्थित नर्थ पोइन्ट फुटसल पुगेका थिए । उक्त कार्यक्रममा थिमीका झन्डै ३ दर्जन स्थानीय बालबालिकालाई स्थानीय खेलाडी सरोज दाहालले खेल सामग्री हस्तान्तरण गरेका थिए । राष्ट्रिय टोलीबाट केहि साताअघि मात्र डेब्यु गरेका सरोजले लामो समयदेखि नेपालको शीर्ष डिभिजन लिग खेल्दै आएका छन् । उनले मध्यपुर युथ एसोसिएसन शीर्ष डिभिजनमा आउँदा टोलीको कप्तानी पनि गरेका थिए । हाल उनी संकटासँग आबद्ध छन् ।
एनपीओकी रियल वर्ल्डकी अध्यक्ष आया मियोशीका अनुसार ‘हिरो टु हिरो’ कार्यक्रमको मुख्य उद्देश्य कुनैपनि खेलाडीले आफ्नो स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई आफूजस्तै हिरो बन्न प्रेरित गर्नु हो । स्थानीय खेलाडीमाझ ‘हिरो’ को परिचय बनाएका ति खेलाडीलाई युवा खेलाडीमाझ उतारेर उनीहरुको हौसला बढाउँदा ति युवा खेलाडीले पनि भविष्यमा हिरो बन्ने सपना बुन्न सक्ने उनको बुझाइ छ । यसका लागि एनपीओ रियल वर्ल्डले नै राष्ट्रिय खेलाडीहरुलाई खेल सामाग्री प्रदान गर्नेदेखि विभिन्न कार्यक्रममा संलग्न गराउने उनले जानकारी दिईन ।

आयाले नेपाली खेलाडीहरु आफैं पनि अन्तर्राष्ट्रिय स्तरका खेलाडी जस्तो आर्थिक अवस्थाले सबल नभएका कारण संस्थाले उनीहरुलाई सहयोग गरेको बताइन । ‘ नेपालको शीर्ष स्तरमा खेल्ने खेलाडी पनि सहयोग गर्ने अवस्थामा छैनन् । यसका लागि हामीले राष्ट्रिय खेलाडीहरुलाई पनि सहयोग गर्ने लक्ष्य राखेका छौं । खेलाडीहरु आफैंले पनि सहयोग पाएपछि आफूले समय दिएर अन्य युवा खेलाडीलाई सहयोग गर्न हौसला बढ्छ । हामीले यसैका लागि जे लिगका खेलाडीबाट पाएको सहयोग सिधै राष्ट्रिय खेलाडीलाई हस्तान्तरण गर्नेछौं,’ उनले भनिन् ।
आयालाई नेपालसम्म ल्याउन भने राष्ट्रिय टोलीबाट लामो समय खेलिसकेका फरवार्ड सन्तोष साहुखलको प्रमुख भूमिका छ । झन्डै ५ वर्षअघि जापान पुगेका सन्तोषले त्यहाँ खेल्नेक्रममा उनीसँग सम्पर्क बढाएका थिए । उनले यस संस्थासँग मिलेर यसअघि पनि थुप्रै खेल सामग्री वितरण लगायतका कार्यक्रम गर्दै आएका छन् । यसपटक भने ‘हिरो टु हिरो’ कार्यक्रमका लागि सन्तोषले राष्ट्रिय टोलीका खेलाडीसँग समन्वय गरिरहेका छन् ।

कार्यक्रमको पहिलो दिन थिमीका सरोज दाहालले खेल सामग्री वितरण गरेसँगै औपचारिक सुरुवात भएको छ । यसले आउने दिनमा वृहत रुप लिने संस्थाले जनाएको छ । राष्ट्रिय टोलीका खेलाडीहरुलाई सामाग्री उपलब्ध गराउने र उनीहरुले नै आफ्नो स्थानीय स्तरमा युवा खेलाडीहरुलाई खेल सामग्री वितरण गर्ने छन् । यसले राष्ट्रिय खेलाडीहरुको सँगै युवा खेलाडीहरुको पनि हौसला बढ्ने लक्ष्य संस्थाले राखेको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]