आज राति हुने युरोपिएन च्याम्पियन्स लिगको फाइनल खेलमा म्याड्रिडका दुइ टोलि रियल म्याड्रिड र एट्लेटीको म्याड्रिड भिड्दै छन्|
दुइ सिजन अघिको फाइनल खेलेका यी टोलि आज इटालीको मिलानमा आमने सामने हुदै छन्| दुवै टोलीले यो सिजन कुनै उपाधि जितेका छैनन् र दुवै प्रशिक्षकले आफ्नो टोलीले उपाधि जित्ने दावी गरिसकेका छन्| राफेल बेनिटेजको बर्खास्तीपछि बर्नाबाउ आएका जिनेदिन जिदानले राम्रो प्रदर्शन गर्दै टोलीलाई ला लिगामा उपाधि विजेता बार्सिलोना भन्दा एक अंक कम दोश्रो स्थानमा उभ्याएका थिए भने च्यम्पियन्स लिगको फाइनल पुर्याएका छन्| उता एट्लेटीको भने ला लिगमा तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो|
फाइनल खेल अगाडी रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो खेल्ने नखेल्ने टुंगो लागेको छैन| प्रशिक्षणका क्रममा गोलरक्षक किको कसिलासंग जुधेका रोनाल्डो फाइनल खेल्न भने आतुर रहेको बताएका छन्| म्याड्रिडका राफेल भारान भने चोटका कारण खेलमा उपलब्ध नहुने पक्का भइसकेको छ|
खेल नेपाली समयानुसार राति १२:३० बजे सुरु हुनेछ|